» » नाकामा विषादी चेकजाँचमा लफडा

कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले नाकामा तरकारीमा विषादी परीक्षण नरोकिने बताउनु भएको छ । देशैभरिका क्वारेन्टाइनमा कार्यरत तीनै तहका कर्मचारीलाई साउन १२ गते मन्त्रालयमा बबोलाएर सो कुरा उहाँले बताउनुभएको छ ।

उहाँले कर्मचारीलाई निर्देशन दिँदै भन्नुभयो, ‘तपाईहरु विषादी परीक्षणलाई निरन्तरता दिनुस्, अरु पूर्वाधारको बारेमा हामीले छलफल गरेर कामलाई अगाडि बढाउँनेछौं ।’ कुनै पनि देशबाट आउने कृषिजन्य वस्तुलाई नाकामा रोक्न काम नगर्नुस्, हामीसँग रहेका पूर्वाधारका आधारमा चेकजाँच गरि पठाउनुस् भनि उहाँले निर्देशन दिनुभयो ।

तीनटै निकायको बीचमा समन्वयन नभएको कारण विषादी परीक्षणलगायत चेकजाँचमा समस्या भएको बताउँदै उहाँले तीनटै निकाय समन्वय गरेर काम गरे कुनै पनि समस्या नआउने बताउनुभयो । देशभरी पशु क्वारेन्टाइन, बाली क्वारेन्टाइन र खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले परीक्षणका काम गरिरहेका छन् । नियममा जतिवटा विषादीको जाँच गर्न लेखिएको छ, त्यतिवटाको मात्र परीक्षण गर्नुस् भन्दै उहाँले नियम र कानुन बाहिर नगएर ढुक्कसँग काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

 नाकामा भारतबाट आउने तरकारीमा विषादी चेकजाँच गर्दा विवाद उत्पन्न भएको थियो । भारतको दवावमा बाध्य भएर सरकारले चेकजाँच गर्ने निर्णय फिर्ता लिएको थियो । त्यसमा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीदेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र कृषि मन्त्री खनाललगायत सो मन्त्रालयका सचिवहरु पनि विवादमा तानिनु भएको थियो ।


पूर्वाधार नभएको कारण तत्कालका लागि चेक जाँच नगर्ने सरकारले निर्णय गरेपछि नाका तरकारी धमाधम आउने थालेको थियो तर कृषि मन्त्री खनालले आफ्ना मातहतका कर्मचारीलाई विषादी परीक्षणमा कडाई गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री खनालले निर्देशन दिएपनि कडाई भएको देखिएको छैन । उहाँले भन्नुभयो, हामी दुई ठूला देशका बीचमा छौं, चुनौतीका साथै पनि रहेकाले त्यस अवसरलाई क्यास गर्नुपर्छ ।’ भारतले आफ्नो सीमा नाकामा किन क्वारेन्टाइन राखेन भनि प्रश्न नै गर्नुहुँदैन किनभने नेपालबाट थोरै कम मात्रामा कृषिजन्य वस्तु जान्छ, त्यसैले त्यहाँ राख्ने आवश्यकता छैन तैपनि आफूले आग्रह गरेको आधारमा भारतले दुई ठाउँमा क्वारेन्टाइन राखेको उहाँले बताउनुभयो ।


अहिले नेपालमा रहेको ल्याव तथा पूर्वाधारलाई नै राम्रोसँग सञ्चालन गर्न सक्यो भने अहिले देखिएका विषादी परीक्षणका समस्या समाधान हुने बताउँदै उहाँले कर्मचारीहरुबाट इमान्दारी पूर्वक काम नभएको कारण समस्या देखिएको बताउनुभयो । देशभरिबाट आउनु भएका क्वारेन्टाइनका अधिकाँश कर्मचारीले पूर्वाधार तथा जनशक्तिको अभाव रहेको गुनासो गर्नुभएको थियो ।

उहाँहरुले काम गर्न आफूहरुलाई कुनै समस्या छैन तर त्यसका लागि पूर्वाधार र जनशक्ति हुनुपर्ने धारणा राख्नुभएको थियो । भारतबाट आउने खसी, बोका तथा राँगा, भैसीलाई स्थानीय पालिकाका वडा अध्यक्षहरुले सोही पालिकामा उत्पादन भएको भनि सिफारिश गर्ने गरेको गुनासो पनि पशु क्वारेन्टाइनका कर्मचारीले गर्नुभएको थियो ।


तरकारी तथा फलफूलमा विषादीको प्रयोग बढ्दै गएको समयमा प्रदेश ३ सरकारले विषादि अवशेष परीक्षण प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका पाँच जिल्लामा प्रयोगशाला स्थापना गर्ने भएको हो ।

हेटौँडा औद्योगिक क्षेत्रमा रहेको माटो तथा मल परीक्षण प्रयोगशालासँगै कृषि ज्ञान केन्द्र चितवन, ललितपुर, काभ्रेपालाञ्चोक र नुवाकोटमा विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइने भएको छ । प्रयोगशालामा प्रति घण्टा २०–३० वटा तरकारी तथा फलफूलका नमूना परीक्षण गर्नसक्ने क्षमता रहेको छ ।


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..