» » अमेरिका फौजी किरा आक्रमण गरेपनि नार्क र कृषि विभागमा जुँगाको लडाई

नेपालमा पनि फेला परिसकेको अमेरिकी फौजी किरा देशभरि फैलिए पनि कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गतका दुई निकाय नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र कृषि विभागबीचको अन्तरद्धन्दले त्यसलाई समाधान गर्ने तर्फ ध्यान गएको छैन ।


नार्कले अनुसन्धान गरेर नेपालमा अमेरिकी फौजी किरा आइसकेको जानकारी दिएपनि कृषि विभाग अन्तर्गतको प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रले त्यसलाई स्वीकार गरेको छैन ।

नार्कका अन्तर्गतका सूचना केन्द्रका प्रमुख हरिकृष्ण उप्रेतीले नार्कले अमेरिका फौजी किरा नेपालमा प्रवेश गरिसक्यो भनि पत्ता लगाइ सकेको छ तर सरकारले त्यसमा ध्यान नदिएको गुनासो गर्नुभयो । बैशाख २७ गते नवलपरासीमा किरा फेला परेको थियो । त्यो कुराको जानकारी सरकारलाई गराई सकेको तर त्यसमा ध्यान नदिएको कारण नेपालका विभिन्न जिल्लामा फैलिसकेको उहाँले बताउनुभयो ।


साउन १३ गते कृषि मन्त्रालय र प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रद्धारा ‘अमेरिकन फौजी कीरा र यसको व्यवस्थापन’ विषयक तीन दिने गोष्ठीको आयोजना गरिएको थियो । त्यो गोष्ठीमा विश्वमै कृषि बालीका लागि  भयावह मानिने अमेरिकी फौजी वा विनाशकारी कीरालाई नेपालमा आउनबाट रोक्न अहिलेबाट नै सावधानी अपनाउनुपर्ने धारणा राखिएको थियो ।

जब कि नार्कका वैज्ञानिकले यो किरा नेपालमा प्रवेश गरिसकेको छ, यसको चाँडै रोकथाम गर्नुपर्छ भनि जानकारी गराई सकेको छ । फौजी कीरा अफ्रिकी र एसियाका थुप्रै मुलुकमा फैलिसकेको र नेपालमा फैलिनबाट रोक्नका लागि अहिलेबाट नै विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।


यो कीराले ८० भन्दा बढी प्रजातिका बालीलाई आक्रमण गर्ने गरेको र त्यसमा पनि सबैभन्दा बढी मकै बालीलाई असर पार्ने गरेको विज्ञहरुले बताउनु भएको छ । यो कीरा प्रवेश गरेको एक जीवनचक्रमै बालीलाई सर्वनास गर्ने गरेको पनि बताइएको छ । कार्यक्रममा यूएसएआईडीका कार्यक्रम निर्देशक एड्रिएन हायसले अफ्रिकी र एसियाली सरकार तथा साझेदारहरूले यो कीराको फैलावटको प्रारम्भिक अनुगमन गरिरहेको र यसको समन्वयात्मक प्रतिकार गर्ने तय गरिरहेको जानकारी दिनुभयो ।


कृषि मन्त्रालयअन्तर्गतको प्लान्ट तथा क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा. डिल्लीराम शर्माले विनाशकारी कीरालाई प्रभावकारी पहिचान, प्रभाव न्यूनीकरण व्यवस्थापन गर्न उपयुक्त प्रविधिको अनुसन्धान, विकास र प्रवाहमा योगदान गर्न जरुरी रहेको बताउनुभयो । यो कीरा नेपालमा भित्रिसकेको कुरा औपचारिक पुष्टि नभएको बताउँनुभयो ।

 उहाँले नार्कले अनुसन्धान गरी किरा पत्ता लगाएको कुरा मान्न तयार छैन । नार्कले अनुसन्धान गरी किरा पत्ता लगाएपनि यो केन्द्रल त्यसलाई मान्यता नदिएसम्म सरकारले कुनै कदम चाल्ने छैन । गएको असार महिनामा भारतको कर्नाटक राज्यमा यो कीरा प्रवेश गरी मकैमा क्षति पु¥याएको भारतीय कृषि अनुसन्धान संस्थाले जनाएको छ ।


सो गोष्ठीमा कृषि मन्त्री खनालले अमेरिकी फौजी किरा नेपालमा प्रवेश गरेको खण्डमा खाद्यान्न परनिर्भरता अझै बढाउने खतरा हुने बताउनुभयो । उहाँले पनि नार्कले किरा पत्ता लगाई सक्यो, यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ त्यसको तयारीमा लाग्नुपर्ने बेला प्रवेश गर्न लागेको छ, त्यसको सावधानी अपनाउनुपर्ने कुरामा जोड दिनुभयो ।


अमेरिका हुँदै भारतसम्म आइपुगेका सो किरा नेपालमा वैशाख २७ गते फेला परेको किट विज्ञान महाशाखाका वैज्ञानिक अजयश्री बज्रचार्यले जानकारी दिनुभयो । मुख्यतः मकै मन पराउने यो कीराले मकै नपाएको अवस्थामा जुनेलो, धान, गहुँ, कोदो, उखुबाली, घाँसेबाली, बन्दा, चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलुबालीमा समेतमा क्षति पुर्याउने गरेको उहाँले बताउनुभयो ।

 बालीनालीका लागि अहिलेसम्मकै सबभन्दा खतरनाक यो किरा खाना तथा बासस्थानको खोजीमा यस कीराको वयस्क पुतली एकसय किलोमिटरसम्म पनि उडेर जान सक्छ । कीट विज्ञान महाशाखाको प्रयोगशालामा वैज्ञानिक अध्ययन गरि नवलपरासी क्षेत्रबाट फेला पारिएको कीरा अमेरिकी फौजी कीरा नै भएको पुष्टि भएको उहाँले बताउनुभयो ।


अमेरीका पछि अफ्रिकी महादेशको नाइजेरियामा पहिलो पटक सन २०१६ को जनवरी महिनामा देखा परेपश्चात यो कीरा ४० अफ्रिकी मुलुकमा फैलिसकेको छ ।

 यो कीराले गर्दा सन २०१७ मा अफ्रिकाको मकै उत्पादन गर्ने १२ देशमा मात्र ४ करोड जनसंख्यालाई असर गरेको छ भने ५३ प्रतिशत मकै उत्पादनमा कमी ल्याएको छ । यसबाट झण्डै ६.१९ अर्ब अमेरिकी डलर बराबरको आर्थिक नोक्सानी पनि भएको छ ।

सन २०१८ मा भारतको कर्नाटका राज्यमा सो कीरा भेटिएको थियो । तत्पश्चात यस किरा बंगलादेश, श्रीलंका, म्यानमार, भियतनाम, थाईल्याण्ड तथा चीनमा समेत फेला परिसकेको छ । यसका लागि नेपालमा उक्त कीराको जीवनी, आनिबानी तथा व्यवस्थापनका विभिन्न पक्षहरुको बृहत अध्ययन अनुसन्धान समेत गर्नेुपर्ने देखिएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..