» » कृषि मन्त्री खनालको दुख

कृषि तथा पशुपक्षी विकास मन्त्री चक्तपाणि खनालले अहिले लगातार आफ्नै मन्त्रालयले गरेको कामप्रति असन्तुष्टि व्यक्त गरिरहनु भएको छ । अरु मन्त्रीहरुले आफ्नो कामको बढाई चढाई कुरा राखेपनि मन्त्री खनालले पटक पटक आफ्नो मन्त्रालयले सन्तोषजनक काम नगरेको भन्दै चित्त दुखाई रहनु भएको छ ।
यद्यपी विगतको भन्दा कृषि उत्पादनमा वृद्धि भएको देखाएको छ ।

धान, हरियो तरकारी, फलफूल, अण्डा, मासु उत्पादनमा वृद्धि भएको मन्त्रालयको तथ्याङ्कले देखाएका छ तर मन्त्री खनालले भन्नुहुन्छ, ‘सोचे जस्तो काम गर्न सकिएन ।’

उत्पादनमा केही वृद्धि भए पनि अन्य धेरै वस्तुमा लक्ष्य पुरा गर्न नसकेको उहाँको गुनासो थियो । गत आर्थिक वर्षमा थुप्रै आयोजनाको काम लक्ष्य अनुसार नभएको भन्नु हुँदै मन्त्री खनालले गत आर्थिक वर्षमा मन्त्रालयले जारी गरेको ९८ बुँदे कार्ययोजनामा गर्न नसक्ने काम केही थिएन तर त्यसका थुप्रै काम नभएको आफै गुनासो गर्नुभयो ।


कृषि मन्त्रालयमा साउन २१ गते आयोजित मन्त्रालयको तृतीय चौमासिक तथा वार्षिक अवधिको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री खनालले नेपाल कृषि अनुसन्धान प्रतिष्ठान (नार्क) ले भारतको सहयोगमा निर्माण गर्ने डिम विश्वविद्यालय तयार गर्न नसकेको पनि गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘दोष हाम्रैतिर देखियो । भारतका प्रतिनिधिहरु आएर केही काम गरेर गए तर यहाँ नेपालबाट नै चासो देखाएनन् ।’


गत आर्थिक वर्षमा केही गोदाम निर्माण गर्ने योजना थियो तर एउटा पनि गोदाम (भण्डारण) तयार नभएको गुनासो गर्नुभयो । उहाँले काम हुन नदिएका व्यक्ति पनि पहिचान भइसकेको बताउँदै गत वर्ष असफल भएका आयोजना डेढदेखि दुई अर्बका थिए तर त्यसमा कुनै काम हुन नसकेको गुनासो गर्नुभयो ।


प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रालयले एक वर्षमा के के काम गर्ने ती सम्झौतामा हस्ताक्षर भइसकेको छ, अब काम नगर्ने विकल्प नरहेको बताउँदै उहाँले चालु आर्थिक वर्षमा मुख्य चारवटा आयोजना तय भएका छन, त्यसलाई जसरी पनि सफल पर्नु पर्ने मन्त्री खनालले बताउनुभयो । उहाँले कर्मचारीलाई सुध्रिनका लागि आग्रह पनि गर्नुभयो ।


उहाँले भन्नुभयो, गत आर्थिक वर्षमा कृषिका लागि युवा कार्यक्रममा १० करोड वजेट थियो तर त्यो रकम फ्रिज भयो । यसपाली ५० करोड रकम राखिएको छ, त्यसमा अहिलेदेखि लागिएन भने सफल हुन सकिदैन । कालीमाटीमा किसानको पहुँच पुर्याउनु पर्ने कुरामा जोड दिँदै उहाँले त्यसलाई सुधार गर्न नसकिएन भने बन्द गरिदिनुपर्ने बताउनुभयो । कालिमाटी दलाल, विचौलियाको कब्जामा रहेको छ, त्यहाँ सरकारको समिति छ तर केही बोल्न नसकेको गुनासो गर्दै उहाँले केही गर्न सकिएन भने त्यसलाई बन्द गरिदिनुपर्ने बताउनुभयो ।


साउन २७ गतेदेखि एशियन कृषि सम्मेलनमा पनि मन्त्री खनालले नेपालको कृषिले युवाहरूलाई आकर्षित गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज भन्दा १० वर्ष अघि भूटान, बङलादेश, श्रीलंका भारत जहाँ थिए, अहिले त्यहाँ छैनन्, धेरै फड्को मारिसके । तर नेपालको कृषि जुन गतिमा अघि जानु पर्ने थियो । त्यो गति समात्न सकेको छैन ।’उहाँले यतिसम्म भन्नुभयो कि नेपालको कृषि राजाको पालाको भन्दा बिग्रेको छ ।’


About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..