» » मैथिली फिल्मको बजार

अबिरल वर्षाले जलमग्न बनेको मधेशमा निर्माण हुने गरेका मैथिली चलचित्रको छायाङ्कन केही प्रभावित भएको थियो तर अहिले पानी सुकेपछि पुनः छयाकङन शुरु भएको छ । बलिउडका कलाकारलाई समेत अभिनय गराइने भनिएको ‘मधेशीपुत्र ३’ को टिम यतिबेला छायांकनको तयारीमा जुटेको छ ।


‘मधेशीपुत्र ३’ का निर्देशक निराजन मेहताले ‘मधेशी पुत्र २’ ले नेपाल बाहेक विदेशमा पनि राम्रै व्यापार गरेकाले उत्साहित भएर ‘मधेशीपुत्र ३’ बनाउन लागेको बताए ।


सम्पूर्ण गीत रेकर्ड भइसकेको ‘मधेशीपुत्र ३’ को दसैँ अगाडी छायाङ्कन गर्ने कुरा निर्देशक मेहताले जानकारी गराएका छन्  । त्यसैगरी सिरहाको लहानबाट निर्माण भएको ‘मिशन मधेश’ पनि आन्दोलन लगायतमा राजनीतिक घटनाहरूलाई समेटेर निर्माण भइरहेको छ ।


 मिशन मधेशका नायक दिनेश्वर गुप्ताका अनुसार अहिले मिशन मधेशको सम्पादन कार्य भइरहेको छ । यस चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन । त्यस्तै, जनकपुरका चर्चित फिल्म निर्देशक तथा नायक विरेन्द्र कबिरपंथी आफ्नो अर्को फिल्म ‘नसिबक खेल’ को सातवटा गीत पटनामा रेकर्ड गराएर छायाकंनको तयारीमा जुटेका छन् ।


‘नसिबक खेल’ मैथिली संस्कृति तथा मिथिलामा बस्ने दुई जाति बीचको विभेद, छुवाछुत लगायतको विषयमा बनाउन लागेको कुरा निर्देशक कबिर पन्थीले बताए । मैथिली सिनेमाका अर्का चर्चित निर्देशक राजु चोैधरीले एकै पटक तीनवटा चलचित्रको काम गरिरहेका छन् ।

 चौधरी आजभोलि ‘हिरोनी’, ‘गर्लफ्रेण्ड’ र ‘मंगली’ चलचित्रको काममा व्यस्त छन् । शैक्षिक अभियानको विषयमा बन्न लागेको ‘मंगली’ फिल्मको ‘चल मंगली पढैल स्कुल....’ बोलको गीत रेकडींग सम्पन्न भएको छ ।
– कमल मण्डल

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..