» » वीरगंञ्जको कारागार सार्न सांसद यादवको माग

काठमाडौ भदौ ९ गते । प्रतिनिधिसभा सदस्य एवं समाजवादी पार्टी, नेपालका नेता प्रदीप यादवले वीरगञ्ज कारागार अन्यत्र सार्न माग गनुृभएको छ ।

प्रतिनिधिसभामा मंगलवार बोल्नु हुँदै सांसद यादवले वीरगञ्जस्थित कारागारको अवस्था जीर्ण हुँदै गइरहेको हुनाले त्यसलाई अन्तै सार्न माग गर्नुभएको हो । सांसद यादवले जिर्ण अवस्था सँगसँगै अन्य धेरै कारणहरुले पनि कारागार पुनर्स्थान गर्नु पर्ने माग गर्नुभएको छ ।

वीरगञ्ज कारागारको अवस्था जीर्ण रहेको छ, सो कारागारलाई कतै अन्य ठाउँमा पुनः निर्माण गर्न अति आवश्यक देखिएको छ, उहाँले भन्नुभयो । सुरक्षाको दृष्टिकोणले, शहरको बीचमा भएको हुनाले र अन्य कयौं काराणले पनि कारागारलाई अन्यत्र सारेर नयाँ निर्माण गर्न आवश्यक छ ।’

उहाँले २०७२ सालमा विज्ञहरुको एक टोलिले गरेको अध्ययनलाई उदृत गर्दै कारागारलाई पुनर्स्थान गर्न आवश्यक भएको बताउनुभयो । १९९० को विनासकारी भुकम्पमा काठमाडौँको केन्द्रिय कारागार क्षतिग्रस्त भएपछि वैकल्पिक रुपमा तत्कालिन राणा सरकारले उक्त कारागार बनाउने निर्णय गरेको सांसद यादवले स्मररण गराउनुभयो ।

निर्माण भएको बेला कैदीको संख्या न्यून रहे पनि अहिले कैदीको सँख्या बढेर १२ सय ८० पुगेको सांसद यादवले बताउनुभयो ।

सांसद यादवले ८ दशक बितिसक्दा समेत कारागारको अवस्थामा कुनै परिवर्तन नभएको दावी गर्दै उहाँले कैदीको सँख्या ३ गुणाले बढेको छ,ु उहाँले सभामुखको ध्यानाकर्षण गराउदै भन्नुभयो, ‘तर कारागारको अवस्था त्यही छ, आकार त्यही छ तर कैदीको संख्या भने बढ्दै गएको छ ।’

पुरानो प्रविधि प्रयोग गरेर राणा कालमा निर्मित कारागारको अवस्था जिर्ण रहेकोले कुनै पनि समय मानवीय क्षति हुन सक्ने सांसद यादवले चिन्ता व्यक्त गर्नुभयो । उहाँले निर्माण बेला कारागार शहर भन्दा बाहिरा रहेपनि अहिले बढ्दो शहरीकरणका कारण कारागार शहरको बीचमा पुगि सकेकोले कारागार पुनर्स्थान गर्न पर्ने आवश्यक रहेको दोहोर्याउनुभयो ।

उहाँले वीरगंज महानगरपालिकाले कारागार पुनर्स्थान गर्न नगर क्षेत्र भित्र जग्गा समेत उपलब्ध गराउने निर्णय गरेको जानकारी गराउदै कारागारलाई नयाँ, प्राविधिक र आधुनिक ढंगले नयाँ स्थानमा निर्माण गर्न सभामुख मार्फत माग गर्नुभयो । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..