» » घुस लिएको आरोपमा वडा अध्यक्ष र सदस्य पक्राउ

काठमाडौ साउन २८ गते । महोत्तरी जिल्ला भँगाहा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मो. रफिक आलम र वडा सदस्य कारी साहले सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग आयोगका टोलीले पक्राउ गरेको छ ।

योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी लिन सहज गराई दिए बापत घुस माग गरिरहेको र सो घुस रकम असुल गर्न सोही वडाका सदस्य कारी साह जमानी जिम्मा बसी छोरा मुकेश साहलाई घुस लिन पठाएको थियो ।

छोरा घुस रकम लिन पठाएको जानकारी आयोगका टोलीले थाह पाएपछि  मुकेश साहलाई सेवाग्राहीसँग एक लाख साठी हजार घुस रक लिइसकेको अवस्थामा जनकपुरको पिडारी चौकमा रहेको राष्ट्रिय वाणिज्य बैंक प्रवेशद्वारबाट रङ्गेहात नियन्त्रणमा ल्एिको छ ।

पक्राउ परेका मुकेशसँग सोधपुछ गर्दा वडा अध्यक्ष आलम र सदस्य साह दोषी रहेको थाह पछि उहाँ दुई जनालाई पनि भँगाहा नगरपालिका वडा नम्बर २ स्थित सितापुर चोकबाट आयोगका टोलीले नियन्त्रणमा लिएको जनाएको छ । आयोगका अनुसार उहाँहसँग सोधपुछ गरि अनुसन्धानको काम भइरहेको छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..