» » भारतीय विदेशमन्त्रीपछि चिनियाँ विदेशमन्त्री नेपाल आउँदै

काठमाडौ भदौ ७ गते । भारतीय विदेशमन्त्री एस.जयशंकर नेपाल भ्रमण सकाएर स्वदेश फर्कि सकेपछि चिनियाँ विदेश मन्त्री वाङ यीको नेपाल भ्रमण हुने तयारी शुरु भएको छ ।

भदौंको अन्तिम हप्ता मन्त्री यी नेपाल आउने तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । चिनियाँ राष्ट्रपति सी जिन्पिङको असोजमा हुने भ्रमणको तयारीका लागि उहाँ नेपाल भ्रमणमा आउन लाग्नु भएको हो ।
मन्त्री यी नेपालमा दुईदिनसम्म रहनु हुनेछ । दुई दिनमा उहाँले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, समकक्षी परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत सुरक्षा निकायका प्रमुख र शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतको भनाई छ ।

नेकपाका अध्यक्ष समेत रहेका अ‍ोली प्रधानमन्त्री भएपछि चीनबाट पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालबाट राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु लगायतले चीनको भ्रमण गरिसक्नु भएको छ तर चीनबाट त्यो स्तरको भ्रमण भएको थिएन ।

राष्ट्रपति सी जिन्पिङ भारतको भ्रमणबाट नेपाल हुँदै फर्किने बताईएको छ । छोटो समयमाका लागि नेपालमा रहने र केही उच्चस्तरीय भेटघाट गरी चीन फर्किने चिनियाँ पक्षको तयारी रहेको छ तर नेपाल हालसम्म त्यसको तयारीमा जुटेको छैन ।

 २०६९ मा चिनियाँ प्रधानमन्त्री नेपाल आउँदा यहाँ केही तयारी थिएन । चिनियाँ प्रधानमन्त्री नेपालमा आधा दिन मात्र बस्नु भएको थियो तर नेपालको तयारीप्रति असन्तुष्टि जनाउँदै उहाँ फर्किनु भएको थियो । यसपटक पनि त्यस्तै भइरहेको छ । राष्ट्रपति आउने समय नजिक आइरहेको छ तर नेपालको कुनै तयारी देखिएको छैन । अन्तिम पटक चिनियाँ राष्ट्रपति जियाङ जमिनले सन् १९९६ मा काठमाण्डूको भ्रमण गरेका थिए ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..