अझै त्रास र भय कायमै छन् । कुनैबेला जे पनि हुनसक्छ भनि भय अझै त्यहाँको थारु समुदायमा रहेको छ । अझै कतिपय थारु समूदायका व्यक्तिहरु भगौडा भएर जीवन विताइरहेका छन् भने कतिपय थुनामा छन् ।
कतिपयमाथि मुद्दा लागेको छ भने कतिपयले न्यायका लागि भौतारिरहेका छन् ।
यस अवस्थामा आजैको दिन राष्ट्रिय सहमति र सौहद्रताका लागि थारुहट मुक्ति मोर्चाले राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।
पाँच वर्ष अगाडि आजैको दिन त्यत्रो घटना भएको थियो र सोही घटनाको सम्झानामा आज त्यही ठाउँमा थारुहरुको राष्ट्रिय सम्मेलन हुनुलाई महत्वपूर्ण रुपमा हेरिएको छ । केही घटना भइ दिन्छ कि जनता त्रसित छन् भने सुरक्षा अवस्था कडा बनाइएको छ ।
सो कार्यक्रममा सम्बोधनका लागि समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई, राष्ट्रिय जनता पार्टी नेपालको सहअध्यक्ष लक्ष्मणलाल कर्ण टिकापुर पुगिसकेका छन् ।
हुन त राजपा नेपालका छजना अध्यक्षलाई नै कार्यक्रममा सहभागी हुनका लागि निमन्त्रणा आएको थियो तर तीमध्ये कोही त्यहाँ जानु भएन । टीकापुर घटनाका दोषी भन्दै राज्यले राजपा नेपालका नेता एवं प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई जेलमा हालिएको छ ।
उहाँको रिहायका लागि राजपा नेपालले सदनदेखि सडकसम्म संघर्ष गरिरहेको छ तर आज थारुहरुले सम्मेलन गर्दा अध्यक्षमण्डलको कुनै पनि सदस्य त्यहाँ उपस्थित नहुनु दुखद रहेको थरुहटका एकजना नेताले दुखेसो पोखे ।
No comments: