» » राजपा नेपालको राजनीतिक समितिको बैठक स्थगित

काठमाडौं भदौं १२ गते । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले शुक्रवार र शनिवारका  लागि बोलाएको राजनीतिक समितिको बैठक स्थगित भएको छ ।

आज महन्थ ठाकुरको निवासमा बसेको अध्यक्षमण्डलको आकस्मिक बैठकले सो बैठक स्थगित गरेको स्रोतले जनाएको छ । राजपा नेपाल अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले राजनीतिक समितिको बोलाउनु भएको थिया ।

शुक्रवार बस्ने राजनीतिक समितिको बैठकमा राजनीतिक समिति बैठकको एजेण्डाको विषयमा छलफल गरेर मात्र बैठक बस्ने सहमिति गरेको पार्टीका सचिव संजय यादवले बताए ।

राजनीतिक समितिको बैठक बोलाउँदा महासचिव केशव झालगायतका नेताहरुले त्यसको विरोध गरेका थिए । बैठक बहिष्कार गर्ने चेतावनी पनि दिएका थिए । बैठकलाई लिएर पार्टीमा विवाद भएपछि शनिवारसम्मका लागि राजनीतिक समितिको बैठक स्थिगित भएको बताइएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..