» » राजपा र लिम्बुवान पार्टीबीच एकीकरण तयारी

काठमाडौं, भदौ १० गते । समाजवादी पार्टी, नेपालसँग एकीकरणको कुरा चलिरहेको बेला राष्ट्रिय जनता पार्टी नेपालले संघीय लिम्बूवान पार्टी, नेपालसँग एकीकरणको प्रकृया अगाडि बढाएको छ ।

लिम्बुवान पार्टीले एकताका लागि १० बुँदे प्रस्ताव प्रस्तुत गरेको छ । नेपाली ‘राष्ट्रिय मुक्ति क्रान्ति’ को न्यूनतम् कार्यक्रम “बहुलराष्ट्रिय राज्य नेपाल” स्थापना गर्ने, बहुलराष्ट्रिय राज्य निर्माणको दार्शनिक आधार ईण्डिजिनिज्म र शासन कलाको विज्ञान बहुलराष्ट्रिय लोकतन्त्र, संघीयता तथा सामुदायिक समाजवाद हुने संघीय लिम्बुवानले प्रस्ताव गरेको छ ।

लिम्बूवानका अध्यक्ष सन्जुहाङ पालुङ्वाले एकतामार्फत् राष्ट्रिय शक्ति निर्माणका लागि दुवै दलबीच एकीकरण हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिक शक्ति निर्माणका लागि मधेशी, आदिवासी जनजाति, पिछडिएका वर्गबीच एकताको अपरिहार्यता छ ।’ पहाडका आदिवासी जनजातिदेखि मधेशका सम्पूर्ण वर्गको प्रतिनिधित्व गर्ने दलको रुपमा दुई दल अगाडि बढ्नुपर्ने उाहँले बताउनुभयो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..