» » दुर्घटनामा तीनजनाको मृत्यु

काठमाडौं, साउन २८ गते । रुपन्देही, मायादेवी गाउँपालिका–१ स्थित सडकमा लु.४९ प ५३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार ७ वर्षीय अक्षय कुमार मौर्यलाई उपचारका लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१९ रजैयास्थित सडकमा ना.४३ प ३९०४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार रौतहट बौदिमाई नगरपालिका–८ बस्ने ४० वर्षीया सुनिता देवीको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
 यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..