» » लोकसेवा आयोगको विरुद्धमा काठमाडौमा मसाल जुलुस (भिडियो सहित)

काठमाडौ असार २९ गते । लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै मधेशी, आदिवासी जनजातिहरुले आज साँझ मसाल जुलुस निकालेको छ । आरक्षण बचाऔ आन्दोलनले काठमाडौं उपत्यकामा १७ ठाउँभन्दा बढी स्थानबाट एकसाथ मसाल जुलुस निकालेको छ ।

आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, अल्पसंख्यक, महिला तथा अपाङ्गता भएका नागरिकहरुले संयुक्त आन्दोलनअनुरुप मसाल जुलुस निकालेको छ भने यही असार ३१ गते माइतीघर मण्डलामा विशाल प्रदर्शन गर्ने र साउन २ र १० गते नेपाल बन्द गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।

लोकसेवाको विज्ञापन संविधान, समानुपातिक समावेशी विपरीत रहेको भन्दै विज्ञापन रद्द गरी सच्याएर पुनः विज्ञापन गर्नुपर्ने उहाँहरुको माग रहेको छ । लोकसेवा आयोगले गत जेठ १५ गते स्थानीय तहमा कर्मचारी भर्नाका लागि एकैचोटि ९ हजार भन्दाबढी कर्मचारीको विज्ञापन निकालेको थियो ।

जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरि प्रदर्शनकारीलाई पक्राउ पनि गरेको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..