जनकपुरमा असार ३० गते । केही दिनदेखि देशभरि आएको मुसलधारे वर्षाका कारण तराई मधेश लगायत देशैभरिका जनजीवन प्रभावित भएको छ ।
हालसम्म ६५ जनाको ज्यान गएको छ भने हजरौं व्यक्ति विस्थापित भएका छन् । बाढीका कारण सडक बाटोघाटो भत्काएका कारण देशैभरिका यतायात प्रभावित भएको छ । सोही क्रममा तयारी अवस्थामा रहेका तर सञ्चालनमा नआएका जयनगर–जनकपुर–कुर्था रेल्वेलाइनमा क्षति पुगेको छ । बाढीका कराण ठाउँमा ठाउँ रेलका लिंक उप्किएको छ ।
रेल विभागका महानिर्देशक बलराम मिश्रले भारतको जयनगर(जनकपुर रेलमार्गमा पर्ने इनर्वा स्टेसन नजिकमा कमला नदीको बाढीले रेल सञ्चालनका लागि बिछ्याइएको करिब दुई सय मिटर रेलवे लिक बताउनुभयो ।
सञ्चालनका लागि भार परीक्षणसमेत भइसकेको छ तर नेपाल सरकारको तर्फबाट काम सम्पन्न नभएको कारण रेल सञ्चालनमा आएको छैन । भारत सरकारबाट हुनुपर्ने सबै काम सम्पन्न भइसकेको छ । हस्तान्तर गर्न तयारी अवस्थामा रहेपनि नेपाल त्यसका लागि तयार छैन ।
नेपालले आफ्नै इन्जिन चलाउने भनेको छ । त्यसका लागि खरिद प्रकृया शुरु पनि गरेको छ तर कहिले आउने हो इन्जिन, कहिले जोडिने हो डब्बा अनि कहिले चल्ने हो रेल सबै अन्योलमा रहेको बेला यो बाढीले रेलको लिक र भवनमा पनि क्षति पुर्याएको छ ।

No comments: