» » बेनजिर भुट्टो जसले काम गर्दा गर्दै जन्माउनु भएको थियो छोरी

गतवर्ष जुनमा न्युजीलैण्डका प्रधानमन्त्री जसिंदा आर्डनले आकलैडको एउटा अस्पतालमा छोरीको जन्म दिनुभयो । आर्डनले जनवरीमै घोषणा गर्नुभयो कि आफू आमा बन्दै हुनुहुन्छ । त्यसबेला विश्वमा उहाँको निकै चर्चा भएको थियो । त्यसबेला पाकिस्तानका प्रधानमन्त्री बेनजीर भुट्टोलाई पनि सम्झनु भएको थियो । उहाँ पहिलो राष्ट्रप्रमुख हुनुहुन्थ्यो, जो पदमा रहेर पनि आफ्नो बच्चाको जन्म दिनुभयो । 

यद्यपी कुनै पनि आम महिलाका लािग आमा बन्नु चुनौतीपूर्ण हुन्छ, तर यदि हामीले राजनीतिक क्षेत्रको त्यसमा पनि देशका प्रमुख कार्यकारी पदमा सम्हाल्न सकिने महिलाको कुरा हो भने त्यसका लागि कतियौं बढी चुनौति बढ्छ । 

बेनजीर भुट्टो आफ्नो आत्मकथामा त्यसबेला आएका विभिन्न समस्याको बारेमा उल्लेख गर्नुभएको छ । राजपालद्धारा हिन्दीमा प्रकाशित उहाँको आत्मकथा ‘मेरी आपबीती’ को तलका केही अंक पढेर थाह पाउनु हुन्छ कि पाकिस्तान जस्तो पुरुष प्रधान र रुढीबादी देशमा बेनजीरका लागि राजनीतिमा अगाडि बढ्न कति मुस्किल थियो । प्रस्तुत छ आत्मकथा बनजीर भुट्टोको शब्दमाः–

मैले जति पनि राजनीतिक लडाई लडे त्यसका केही नकेही उद्देश्य थियो । त्यो उद्देश्य समाजिक न्याय र उदारवादको पक्षमा ठहरिन्थ्यो । सचमुच यो मुद्दा यस्तो हो, जसका लागि लड्नु पर्ने आवश्यकता देखिन्छ । मलाई लाग्छ कि मेरो राजनीतिक यात्रा ज्यादा चुनौतिपूर्ण यसकारणले थियो कि म महिला थिए । 

यो स्पस्ट छ कि आजको समयमा एकजना महिलाका लागि चाहे त्यो कही पनि होस् यो असानी काम होइन । तैपनि हामी महिलाले कडा परिश्रम गरेर यो पुष्टि गर्नुपर्छ कि हामी पुरुषभन्दा कुनै कुरामा कम छैनौ । हामीले धेरैसमयसम्म काम गर्नुपर्छ । र बलिदानी दिनुपर्छ । हामी आफैलाई हरेक प्रकारको भावनात्मक आक्रमणबाट बचाउनुपर्छ । जो धेरैजसो आफ्नै परिवारको सदस्यबाट नै हामीमाथि दुर्भावनापूर्ण रुपमा गरिन्छ । दुखको कुरा यो कि अहिले पनि धेरै व्यक्तिको बुझाई छ कि महिलाको जीवनको डोरी पुरुको हातमा हुन्छ । त्यसकारणले पुरुषमाथि दवाव राखेर महिलासम्म पुग्न सक्छ । 

जे सुकै होस्, हामीले समाजको दोहोरो मापण्डका लागि गुनासो गर्नुहुँदैन, बरु त्यसलाई जित्ने कोशिस गर्नुपर्छ र हामीले त्यो जसरी पनि गर्नुपर्छ, त्यसका लागि पुरुषभन्दा दुई गुणा मेहनत किन नगर्नुपरोस्, र दुईगुणा समयसम्म काम गर्नु परोस् । म आफ्नो आमाप्रति कृतज्ञ छु कि उहाँले मलाई यो सिकाउनुभयो कि आमा बन्नुको तयारी एउटा शारीरिक क्रिया हो र त्यसर्ला दैनिक कामकाजमा बाधा पर्नु दिनु हुँदैन । 

आफ्नो आमाको अपेक्षालाई पुरा गर्नका लागि मैले हरेक पटक आमा बन्ने तयारीको समय कुनै पनि शारीरिक वा भावनात्मक लक्षणलाई आफनो बाटो रोक्न दिएनौं । तैपनि, मलाई यो कुराको ज्ञात थियो कि यो यस्तो प्रसंग हो जसलाई हाम्रो पारिवारिक चर्चासँग जोडेर हेरिनेछ । त्यसैल्े आफ्नो त्यस अवस्थाको विवरणलाई पुरै गोप्य राखे । म भाग्मानी छु मलाई डा.फ्रेडी सेतना जस्ता डाक्टरको निगरानी प्राप्त भएको थियो । उहाँले पनि त्यस कुरालाई आफैसम्म सिमित राख्नुभयो । 

बिलावल, बख्तावर र आसिफा गरी मरो तीनवटा मायालु सन्तान छन् । यसले मलाई खुशी र गौरवको अनुभुती दिलाउँछन् । जब सन् १९८८ मा मैले आफ्नो पहिलो बच्चाको जन्म दिने अवस्थामा थिए र विलावल जन्मने अवस्थामा फौजी तानाशाहले संसद भङ्ग गरेर आमचुनावको घोषणा गरेको थियो । ती र त्यसका तथाकथित फौजी अधिकारीले सोचेका थिए कि यस अवस्थामा कुनै महिला कसरी चुनावीसभाहरुका लागि जानसक्छ तर त्यो उनीहरुको त्यो सोच गलत सावित भयो । 

म निस्के र मैल चुनावी अभियानमा भाग पनि लिए । र, मैले त्यो चुनाव जिते पनि । जो सन् २१ सितम्बर १९८८ को बिलावलको जन्मभन्दा केही पछि मात्र भयो । बिलावलको जन्म मेरो लागि जीवनको एक महत्वपूर्ण खुशीको दिन थियो, साथै त्यो चुनाव जित्नु पनि जसको बारेमा विभिन्न अडकलवाजी भइरहेको थियो कि एउटाब मुस्लिम महिला अरुको मन र उसको सोचलाई कहिले पनि जित्न सक्दैन । यी दुईटै कुरा मेरो जीवनमा एकै पटक प्राप्त भयो । 

मैले प्रधानमन्त्री बनेपछि मेरो आमाले दवाव दिन थाल्नुभयो कि म अर्को बच्चाको आमा बन्न तयारीमा लागु । उहाँको धारणा थियो कि आमाले बच्चा जन्माउने काम छिट्टो छिट्टो गरि हाल्नुपर्छ, जसले ती बच्चालाई पालन पोषण गर्ने चुनौतिका लागि समय रहोस् र मैले उहाँको सल्लाह मानेको थिए । जब अर्को बच्चा मेरो पेटमा थियो र गोप्य थियो । अनि मेरो फौजी जर्नलले तय गर्नुभयो कि मैले फौजीसँग कुरा गर्नका लागि पाकिस्तानका सबैभन्दा माथि टापु सिहाचिन ग्लेसियर जानु पर्यो । 

भारत र पाकिस्तानले यही सियाचिन सीमामा १९८७ मा एउटा युद्ध लडेको थियो । र, १९९९मा लगभग युद्धको अर्को स्थिति आइसकेको थियो । मलाई चिन्ता थियो कि त्यो उच्च पहाडी टापुमा कम अक्सिजनको कारण मेरो पेटमा रहेको बच्चालाई कुनै नोक्सान नहोस् । तर मेरो डाक्टरले मलाई हौसला दिनुभयो कि म जानसक्छु । उहाँले मलाई सम्झाउनु भयो कि अक्सिजनको कमी असर आमामाथि पर्न सक्छ, जसलाई अक्सिजन मास्क दिन सकिन्छ र बच्चा सुरक्षित नै रहन्छ । जेहोस् विभिन्न आशंकाको बीचमा म त्यहाँ गए । 

यो हाम्रो सेना (फौजी) का लागि निकै हौसला बढाउने कुरा थियो कि उनका प्रधानमन्त्री उनीसँग भेट्न र कुरा गर्नका लािग सियाचिन ग्लेशियरको त्यो उचाइसम्म आइपुग्यो । त्यो हेर्न लायक दृश्य थियो । चारैतिर सेतो हिँउ थियो जो टाढासम्म आकाशसँग मिलन भइरहको जस्तो देखिन्थ्यो । 

अगाडि सीमामा भारतीय सेनाको चौकी नजर आइरहेको थियो, जसको सोझो अर्थको थियो त्यहाँ शान्तिको महसुस गर्नुको मतलब धोखा खानु जस्तो हो । जसरी विपक्षि राजनीतिक दललाई सूचना प्राप्त भयो कि म आमा बन्ने बाला छु, अनि बेकारका हल्लाहरुको भयो । उनीहरुले राष्ट्रपतिमाथि दवाव बढाउन थाल्यो कि मलाई बर्खास्त गरोस् । उनीहरुले तर्क गरे कि पाकिस्तानको सरकारी नियममा यो कही उल्लेख छैन कि प्रधानमन्त्रीले आफ्नो बच्चा जन्माउनका लागि विदामा जाउन् ।

 उनीहरुले भने, कि प्रसव पीडाका बेला म सक्रिय रहने छैन र त्यसबेला सरकारी कामकाजमा परेशानी हुनसक्छ अप्ठ्यारो हुनसक्छ ।’ त्यसैले उनीहरुले गैरसवैधानिक रुपले राष्ट्रपतिमाथि दवाव दिन थाले कि यो सरकारलाई डिजल्भ गरेर एउटा अन्तरिम सरकार बनाउनका लागि नयाँ चुनाव गराइयोस् ।

मैले विपक्षिको यो मागलाई अस्वीकार गरिदिए । मैल देखाए कि कामकाजी महिलाका लागि प्रसुतीको समय विदाको व्यवस्था छ, जो मेरो बुवाको समयमा लागु गरिएको थियो । मैले जोड दिएर भने कि यो नियम प्रधानमन्त्रीमाथि पनि लागु हुन्छ, यद्यपी यसरी स्पष्ट रुपमा सरकार चलाउनहरुको लागि भनिएको थिएन । मेरो सरकारका व्यक्ति मेरो पक्षमा हुनुहुन्थ्यो । स्पष्ट पारियो कि जुन स्थितिमा पुरुष प्रधानमन्त्री हटाउन सकिदैन, त्यो स्थितिमा महिला प्रधानमन्त्रीलाई पनि हटाउन प्रश्न नै आउँदैन ।

तर विपक्षिहरु आफ्नो अडानबाट पछाडि हटेको थिएन । उनीहरुले मलाई हटाउनका लागि आम हड्ताल गर्नसम्म सोचेका थिए । अब मैले पनि आफ्नो योजना बनाउनु थियो । मेरो बुवाले मलाई सिकाउनु भएको थियो कि राजनीतिमा समयको निकै महत्व हुन्छ । मैले उहाँसँग अनुमति लिएर यो तय गरे कि जुन दिन हड्ताल हुन्छ त्यही दिन अप्रेशन गराएर बच्चालाई जन्म दिउँ । मैले यो चाहेको थिएन कि कुनै पनि परम्परा जो प्रसुतीसँग जोडिएको होस र मेरो काममा बाधा बनोस् । 

त्यसैले म आफ्नो यस्तो अवस्थामा पनि मैले कुनै पुरुष प्रधानमन्त्री भन्दा बढी काम सम्पन्न गरे । त्यही आफ्नो सांसदसँग एउटा बैठक गरेर कराँचीका लागि हिडेका थिए । विहानै उठेर मैले आफ्नो एउटा साथीसँग कार चढेर कराँचीका लागि हिडेका थिए । त्यो निकै सानो कार थियो, त्यो कालो मर्सडीजभन्दा फरक, जसलाई मैले सरकारी काम–काजको लागि प्रयोग गर्थे । ड्युटीमा रहेका प्रहरीले ती कारमाथि कुनै ध्यान दिएन । उसको ध्यान मेरो घरबाट निस्किने कारभन्दा, मेरो घरमा आउने कारमाथि धेरै ध्यान हुन्थ्यो । 


जब मेरो कार अस्पतालमा पुग्यो, त्यहाँ डा.सेतनाले मेरो प्रतिक्षा गरिरहनु भएको थियो । मेरो मुटु निकै नै धडकी रहेको थियो । जब म कारबाट तल झरे अनि त्यहाँका व्यक्तिको अनुहारमा आश्चर्यता झल्किरहेको थियो । मलाई थाह थियो कि यो खबर मोवाइल मार्फत द्रुतगतिमा फैलिने छ । किनभने दक्षिण पूर्व र मध्य एसियामा मोबाईल फोनको प्रयोग गर्ने पाकिस्तान नै पहिलो देश थियो । मैले छिट्टो हलको बाटो काटे र अप्रेशन थिएटरमा गए । मलाई थाह थियो मेरो आमा र मेरा श्रीमान हाम्रो कार्यक्रम अनुसार पछाडि पछाडि आइरहनु भएको होला । जब म बहोशबाट बाहिर निस्के र अस्पतालको ट्रलीलाई अपरेशन थिएटरबाट प्राइभेट कक्षतर्फ आइरहेको देखेर मेरो श्रीमानले खुशीले भन्नुभएको थियो कि ‘हाम्रो छोरी आउनु भएको छ’ । 

मेरो आमाको अनुहार पनि प्रफुलित थियो । मैले आफ्नो छोरीको नाम राखे बख्तावर । बख्तावरको अर्थ हुन्छ भाग्यशाली, र उनी सौभाग्य लिएर आएकी थिइन् । हड्ताल ठप्प भइसकेको थियो र विपक्षिको षड्यन्त्र भत्किसकेको थियो ।

मलाई संसारभरिबाट बधाई आउन थाल्यो । देशका प्रधानमन्त्रीदेखि आमजनतासम्म सबैले मलाई बधाई दिनुभयो । खास गरेर एउटा युवतीका लािग यो निकै ठूलो आदर्श सामुने राख्ने कुरा थियो कि एउटा महिलाले काम गर्दा गर्दै र देशको शीर्ष ठाउँमा हुँदा हुँदै पनि बच्चाको जन्म दिनसक्छ । 

अर्कोदिन म आफ्नो काममा फर्के र मैले फाइल हेर्ने, कागजमा हस्ताक्षर गर्न शुरु गरिसकेको थिए । मलाई पछि थाह भयो कि म नै पहिलो यस्ता राष्ट्रियाध्यक्ष हुँ जसले कामकाजको अवस्थामा नै एउटा बच्चाको जन्म दिएको थिए । यसरी मैले एउटा महिला प्रधानमन्त्रीको रुपमा महिलाको उन्नतीको बाटोमा आउनेबाला परम्पराको पर्खाललाई प्रधानमन्त्री भएकै अवस्थामा भत्काई दिएको थिए । 
(भारतीय अनलाईन सत्याग्रहबाट हिन्दीको नेपाली रुपान्तरण)

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..