» » एमालेसँग कुरा मिलाउन केसम्म गर्नुभएन रवीन्द्रले

‘एमाले नेताको बोलीले केही गरि मधेशी जनताको चित्त दुखेको छ भने म सबैको तर्फबाट म माफी माग्न चाहन्छु ।’ फागुन १५ गते हेलिकप्टर दुर्घटनामा निधन भएका रवीन्द्र अधिकारीले केही पहिले भन्नु भएको यो कुरा हो ।

तत्कालिन एमालेमा रवीन्द्र अधिकारी निर्णायक तहमा थिएनन् तैपनि मधेश र एमालेबीचमा सम्बन्ध बनाउन निकै प्रयास गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव एवं प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल बताउँनु हुन्छ । मधेशप्रति तत्कालिन एमालेका नेताहरु भन्दा अधिकारीको सोच आफूले फरक पाएको उहाँ बताउँनुहुन्छ ।

एक अन्तरवार्तामा रवीन्द्र अधिकारीसँग आफू समेत रहेको र सो अन्तरवार्तामा उहाँले भनेको कुराले आफ्नो मन जितेको सुमन बताउँनुहुन्छ । मधेशप्रतिको सोचाई एमालेको अन्य नेताभन्दा फरक पाएको सुमन सम्झनुहुन्छ । तत्कालिन एमाले र मधेशबीच बिग्रेको सम्बन्धलाई सुधार गर्नका लागि रवीन्द्र अधिकारीले गरेको प्रयासलाई मधेशका युवा नेताहरु सम्झनु भएको छ ।

 तत्कालिन एमाले र मधेशको सम्बन्ध बिग्रिदा सबभन्दा बढी चिन्तित नेता रवीन्द्र अधिकारी हुनुहुन्थ्यो । एमाले र मधेशवादी दलबीच राम्रो सम्बन्ध होस् भनि रवीन्द्र अधिकारी मधेशका युवा नेताहरुसँग पटक पटक छलफल गर्नुभएको थियो । उहाँले आफ्नै पहलमा मधेशी नेताहरुसँग धुलीखेलमा अवासीय छलफल गर्नुभएको थियो ।

२०७४ असार २५–२६ गते भएको छलफलमा मधेशवादी दलका युवा नेताहरुको सहभागीता थिए । सो छलफलमा नेता अधिकारीले मधेशप्रति एमाले सकारात्मक रहेको छ तर त्यसको बारेमा गलत प्रचार भइरहेको यसलाई सच्याउनुपर्ने धारणा राख्नुभएको थियो ।

एमालेप्रति मधेशलाई कसैले उचालेको जस्तो छ, मधेशले एमालेलाई जसरी लिएको छ त्यसले समस्याको समाधान नहुने बरु यसलाई कसरी समाधान गरेर जाने त्यसको उपाय खोज्न बैठकमा प्रस्ताव गर्नुभएको थियो । मधेशको मुद्दाप्रति केपी शर्मा ओली पनि सकारात्मक रहेको कुरा भन्दै अधिकारीले मधेशी नेतालाई कन्भिन्स गर्ने प्रयास गर्नुभएको सुमन सम्झनु हुन्छन् ।

त्रिभुवन विश्व विद्यालयमा अधिकारीसँगै राजनीतिक यात्रा शुरु अध्ययन गरेका सोनलले भन्नुभयो, रवीन्द्रजी देशका लागि निकै सम्भावना भएका नेता हुनुहुन्थ्यो, उहाँको निधले देशलाई ठूलो क्षति भएको छ ।’ सविधानसभामा सँगै काम गरेको पछि अन्तरपार्टी, युवा ककस, एनटीटीपीमासँगै काम गरेको हुनाले आफू अधिकारीलाई नजिकबाट बुझेको बताउँदै सोनलले राजनीतिबाट देशमा केही नयाँ गर्ने सोचका उहाँ रहनु भएको सम्झनुहुन्छ ।
आफू पहिलो सविधानसभामा विकास समितिको सभापति थिए, पछिल्लो सविधानसभामा अधिकारी सो समितिको अधिकारी बनेपछि आफूलाई पटक पटक बोलाएर छलफल गर्नुभएको कुरा स्मरण गर्दै सोनलले उहाँमा पाएको राजनीतिक दृष्टिकोण स्मरणलायक रहेको बताउँनहुन्छ ।

सोनलले विद्यार्थी नेताको रुपमा रवीन्द्र अधिकारीसँग हवाना गएको पुरानो फोटो फेसबुकमा सार्वजनिक गर्नुभएको छ । सोनल भन्नुहुन्छ, रवीन्द्रजीसँग साउथ अफ्रिका, कोरिया लगायतका देशसँगै गएको थिए । उहाँसँग यात्राको क्षण पनि स्मरण लायक छ ।’

जनकपुर आएको बेला यहाँको निकै चिन्ता गर्नुहुन्थ्यो, जनकपुरलाई विश्वमा कसरी चिनाउन सकिन्छ, पर्यटकलाई यहाँ कसरी तान्न सकिन्छ जस्ता कुरा घण्टौ बसेर गर्नुहुन्थ्यो, सोनलले भन्नुभयो, ‘जनकपुरप्रति मसँगै पटक पटक चिन्ता जाहेर गर्नुभएको थियो ।’

राजपा नेपालका अर्का महासचिव मनिष सुमन भन्नुहुन्छ, रवीन्द्रजीसँग थुप्रै मञ्चमा सँगै काम गरेको अनुभव छ ।’ नेता अधिकारी कुनै पनि काम गर्दा योजनवद्ध तरिकाले गर्नु गरेको बताउँदै उहाँले पर्यटन मन्त्री समेत रहिसक्नु भएका अधिकारीका कारणले नै राजविराजको विमानस्थल सूचारु भएको बताउनुभयो ।


मैले एकपटक रवीन्द्रजीलाई भेटेर राजविराजको एयरपोर्टको बारेमा कुरा गरेका थिए, उहाँले त्यो विषयलाई सिरियस लिनुभयो र केही दिनमै त्यसलाई सुचारु गराउँनुभयो, उहाँले भन्नुभयोे, धेरै दिनदेखि राजविराजको विमानस्थल बन्द अवस्था थियो तर रवीन्द्रजीले राजविराजमाथि ठूलो गुण लगाएर जानुभयो ।’

तत्कालिन एमालेका अन्य नेताभन्दा मधेशप्रति रवीन्द्रजी अधिकारी सकारात्मक रहनु भएको र उहाँले एमालेसँग मधेशको सम्बन्ध बनाउनका लागि खेल्नु भएको भूमिकालाई सुमन सम्झदै भन्नुहुन्छ, रवीन्द्रजीले एमालेसँग सम्बन्ध सुधारका लागि पटक पटक छलफल गर्नुभएको थियो ।

धुलीखेलमा उहाँकै अगुवाईमा अवासीय छलफल पनि भएको थियो । उहाँले गरेको प्रयासका कारणले एमालेसँग मधेशको केही हदसम्म सम्बन्ध सुधार भएको हो ।’एमालेका नेताहरुले मधेशको विरुद्धमा बोलेका कुरालाई लिएर रवीन्द्र अधिकारीले सार्वजनिक रुपमै माफी मागेको कुरा सम्झदै सुमनले त्यसरी माफी माग्दा सम्बन्धमा केही सुधार भएको बताउनुहुन्छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..