» » बुद्धिजिवीहरुले भन्नुभयो, मधेशवादी दलको भरमा आरक्षण बचाउ आन्दोलन सम्भव छैन

काठमाडौं–राजनीतिक विश्लेषक सिके लालले मधेश केन्द्रीत दलहरु आरक्षण बचाउ आन्दोलनका लागि गम्भीर नरहेको आरोप लगाउनु भएको छ । 


विगतमा आरक्षणका लागि मधेशवादी दलले आन्दोलन गरे पनि हाल त्यसको बचाउका लागि चासो नदिएको उहाँको आरोप छ ।

लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापनको विरुद्धमा शुरु भएको आरक्षण बचाउ आनदोलनको कार्यक्रममा शनिवार बोल्दै उहाँले भन्नुभयो,  ‘मधेसी समूदायकै सामान्य प्रशासन मन्त्री छन् । तर  तिनैलाई प्रयोग गरेर एकल जातीय प्रकारको विज्ञापन गर्न लगाइएको छ ।’ कार्यपालिकाले लोकसेवा आयोगलाई हतियार बनाएको आरोप लगाउँदै विश्लेषक लालले आयोगले प्रकाशन गरेको विज्ञापनले मधेशका एकपुस्ता नराम्ररी प्रभावित भएको टिप्पणी गर्नुभयो ।

‘पिछडिएका समुदायलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको छ, स्थिति गम्भीर छ’ उहाँले भन्नुभयो, ।  तर यसको बारेमा कोही पनि नबोलेको उहाँको आरोप छ । सत्ताधारी राजनीतिक दलमा पनि आदिवासी, मधेशी, दलितहरु भएपनि आफू कसरी सुरक्षित रहने भन्ने चिन्ताले उहाँहरु नबोलेको विश्लेषक लालको दावी छ ।

प्रतिपक्षी दल काँग्रेस पनि आरक्षणको मुद्दालाई राजनीतिक मुद्दाको रुपमा स्वीकार नगरेको उहाँले गुनासो गर्नुभयो ।

मधेशवादी दलले आआफ्नो पार्टीको नामबाट मधेश शब्द हटाएकोमा पनि उहाँले आक्रोश व्यक्त गर्नुभयो ।  ‘राजनीतिक मधेशमा गर्ने अनि के जाती समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नाम राखेका छन्’ उहाँले भन्नुभयो, ‘ मधेशी दलले पनि यसलाई राजनीतिक मुद्दा बनाएका छैनन् ।’

 आरक्षण मुद्दा प्रशासनिक मुद्दा मात्रै नभई राजनीतिक मुद्दा पनि भएको भन्दै उहाँले तर यसलाई मधेशवादी दलले नबुझेको टिप्पणी गर्नुभयो ।

अर्का राजनीतिक विश्लेषक तुलानारायण साहले मधेशवादी दलले षड्यन्त्रपूर्वक ढंगले आरक्षण आन्दोलनलाई स्वीकार नगरेको टिप्पणी गर्नुयभो ।

‘मधेशमा मधेशी जनता मरिरहेको बेला ती नेताहरु सिंहदरवारमा कलम थापासँग बसेर चिया बिस्कुट खाँदै वार्ता गरिरहेका थिए । आज आरक्षण आन्दोलनमा पनि त्यस्तै व्यवहार देखाइएको छ’, उहाँले भन्नुभयो।  मधेशवादी दलको भरमा यो आन्दोलन अगाडि बढ्न नसक्ने बताउँदै उहाँले यसका लागि नयाँ ढंगको आन्दोलन गर्नुपर्ने सुझाव दिनुभयो ।

आदिवासी जनजातिका अगुवा ओम गुरुङले मधेशीहरुमा एकता नभएको कारण यो आन्दोलन अगाडि नबढेको बताउनुभयो । मधेशवादी दलहरु सत्ताको वरिपरी घुमिरहको टिप्पणी गर्दै उहाँले संविधान संशोधनको बहाना बनाएर एउटा दल सत्तामा बसेको र अर्को दल पनि बहानाको खोजीमा रहेको टिप्पणी गर्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता सुरेश आलेमगरले सबैको बीचमा समन्वय गरेर आन्दोलन अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..