» » परम्परागत तथा शास्त्रीय सङ्गीतमा जगदेव सम्मानित

शास्त्रीय सतको क्षेत्रमा उल्लेख्य योगदान पुयाएर पनि ओझेलमा परेका मिथिलाका साधक जगदेव कामत नेपालकै सङ्गीत क्षेत्रको सबैभन्दा ठूलो र गरिमामय पुरस्कारबाट विभूषित हुनुभएको छ ।

आजिवन शास्त्रीय सङ्गीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याएको भन्दै नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा परस्कार–२०७५ बाट उहाँलाई विभूषित गरिएको हो ।

 पछिल्लो समय पक्षघातले पीडित भई साङ्गीतिक क्षेत्रबाट टाढिन बाध्य जगदेव प्रसिद्ध गायक एवम् सङ्गीतकार गुरुदेव कामतका जेठा दाजु तथा प्रारम्भिक गुरु हुनुहुन्छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा असार २५ गते काठमाडौँस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई परम्परागत तथा शास्त्रीय सङ्गीत विधातर्फ एक लाख एक रुपैयाँ राशिको सो पुरस्कार प्रदान गर्नुभयो ।

को हुनुहुन्छ जगदेव कामत ?
सिरहा जिल्लाको पोखरभिण्डा गाउँमा ७५ वर्षअघि बुवा रामजी कामत र आमा बौआबती देवी कामतको ज्येष्ठ सन्तानको रूपमा जन्मिनु भएका जगदेव कामतमा सानैदेखि सङ्गीतप्रति औधि आकर्षण र रुझान थियो । तर घरको दयनीय आर्थिक अवस्थाले गर्दा उहाँले विधिवत सङ्गीतको शिक्षा आर्जन गर्ने मौका पाउनुभएन ।

गाउँमा विद्यालय नभएकोले बाहिर कतै गई पढ्ने वातावरण र सुविधासमेत उहाँलाई प्राप्त हुन सकेन । तर गीत, सङ्गीतप्रतिको रुझानले गर्दा स्थानीय रूपमा हुने नाटक र नाचमा उहाँले जोड दिँदै अगाडि बढ्नुभयो ।
उहाँ लोकप्रिय ’गबैया’ तथा ’हारमोनिय मास्टर’ का रूपमा स्थापित हुनुभयो ।

त्यो यस्तो समय थियो जतिबेला गायक र वाद्यवादकहरूले शास्त्रीय सङ्गीतको जानकारी राख्नु गौरवको कुरा मानिन्थ्यो । यो गौरव उहाँलाई गाउँकै शास्त्रीय सङ्गीतमा निष्णात एक जमीन्दार वृजदेव रायबाट सङ्गीतको शिक्षा पाएर प्राप्त भयो । ध्रुपद् गायनका लागि सिङ्गो भारतवर्षमै प्रसिद्धिप्राप्त अमता (दरमङ्गा) घरानाका शिष्य बृजदेवले सङ्गीतलाई पेशा नबनाए तापनि उत्सुक र जाँगरिला युवाहरूलाई सिकाउने काम गर्नुहुन्थ्यो । यसको लाभ लिने भाग्यशालीमध्ये जगदेव कामत समेत हुनुहुन्थ्यो ।


समय क्रममा जगदेवको पारिवारिक भरणपोषण गर्ने माध्यम पनि नाटक, रामलीला र नाचहरूमा गायन तथा वाद्यवादन नै हुन गयो । यस क्रममा उहाँको नाटक, नाच र रामलीला टोली जहाँजहाँ पुग्थ्यो, त्यस ठाउँको वा वरपरका गुणी सङ्गीतज्ञहरूको साहचर्य प्राप्त गर्ने र सङ्गीत सिक्ने मौका उहाँ गुमाउँनुहुन्थे । यही साङ्गीतिक तिर्खा र अभ्यासले उहाँलाई सङ्गीत क्षेत्रमा निरन्तर खारिदै लगियो ।


साङ्गीतिक यात्राका क्रममा अहिलेका कतिपय राष्ट्रिय अन्तर्रा्िष्ट्रय ख्यातिप्राप्त कलाकारहरूलाई उहाँले प्रत्यक्ष परोक्ष सङ्गीत सिकाउने काम पनि गर्नुभयो । त्यसमध्ये भाइ गुरुदेव कामतको त औपचारिक गुरु नै उहाँ हुनुभयो । प्रसिद्ध गायक एवं अभिनेता मुरलीधर पनि आफूले जगदेव कामतबाट यथेष्ट लाभान्वित हुने मौका पाउनु भएकोछ । मुरलीधरका अनुसार उहाँहरूले ग्रामीण मञ्चहरूमा हारमोनियम वादनमा जगदेव कामत जत्तिको दक्षता भएको कलाकार नेपालको तराई मधेशमा मात्र नभई वरपरको भारतीय क्षेत्रमा पनि पाउन मुश्किल थियो ।

जगदेवका भाइ प्रसिद्ध गायक एवम् सङ्गीतकार गुरुदेव कामत दाइको शास्त्रीय सङ्गीतमा दह्रो पकड रहेको बताउनुहुन्छ । गुरुदेवका अनुसार जगदेव विलम्बित, बडा खयाल जस्ता दुरूह प्रकृतिका गायनमा पनि सिद्धहस्त थिए ।

गाउँदै बजाउँदै कालान्तरमा उनी सङ्गीत प्रशिक्षणमा पनि संलग्न भए । प्रारम्भमा वरपरका भारतीय शहरहरूमा सङ्गीत शिक्षण गर्दै आएका जगदेव पछि भाइ गुरुदेव कामतको अनुरोधमा काठमाडौँ आएर सङ्गीत सिकाउने काममा लाग्नुभयो। तर घरायसी जिम्मेवारीहरूले गाउँभन्दा धेरै टाढा बस्न अनुकूल नभएछि उहाँनले आफ्नो कर्मथलो घरपायक ठाउँ उदयपुर जिल्लो गाईघाटलाई बनाउनुभयो ।

गाईघाटमै सक्रिय रहँदाका बखत उहाँ पक्षाघातले पीडित हुनुभयो । यसरी हाल साङ्गीतिक यात्रामा विराम लाग्नुका साथै आर्थिकलगायतका सङ्कटबाट सम्त जुध्नुपरिरहेको छ । तर अझै स्वस्थ भएर सङ्गीतमा लाग्ने तिर्खा भने उहाँमा बाँकी नै छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..