सप्तरी असार ३० गते । केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण प्रभावित भएका बाढीपीडितलाई प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले एक लाख रुपियाँ सहयोग गर्ने भएको छ ।
मन्त्री साहले सोमवार आफ्नो निजी पारिश्रमिकबाट एक लाख रुपैयाँ सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका कार्यालयलाई उपलब्ध गराउनुभयो ।
वर्षा र बाढीले तिलाठी कोइलाडी गाउँपालिकाका वासिन्दा अत्यधिक प्रभावित भएको कारणले उहाँ त्यहाँ सहयोग गनुृभएको हो । लगातार वर्षाका कारण खाँडो, महुली, जिता र कोशी नदीमा पानीको बहाव बढेको थियो । हिजोदेखि विस्तारै कम हुँदै गएपनि जनताले अझै बाढीबाट निकास पाएका छैनन् ।
बाढीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका करिब २ हजार परिवार प्रभावित भएको छ । तिलाठीमा करिब एक दर्जन घर बाढीको कारण भत्किएको छ ।

No comments: