» » प्रदेश सरकारको सिफारिसमा इन्जिनियरिङ्गका २८ छात्र–छात्रालाई पूर्ण छात्रावृति

जनकपुर, साउन ४ गते । प्रदेश नं। २का सरकारको सिफारिसमा भारतको आन्ध्रप्रदेश काकिनाडा स्थित आदित्य एजुकेशनल इन्स्टिच्युसनले २८ जना छात्र–छात्रालाई पूर्ण छात्रवृति दिने भएको छ ।

इन्स्टिच्युसनले प्रदेश सरकारको सिफारिसमा बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत प्रदेश नं। २का १८ जना छात्रा तथा सहिद परिवार सम्मान कार्यक्रम अन्तर्गत १० जना छात्र–छात्रालाई सिभिल, मेकानिकल, कम्प्युटर साइन्स, इन्फोेरमेशन टेक्नोलोजि, माइनिङ्ग, पेट्रोलियम, एग्रीकल्चर, इलेट्रिकल, इलेक्ट्रोनिकमा पूर्ण छात्रवृति दिने भएको हो ।

यस अन्तर्गत छात्रवृति पाउने छात्रछात्राहरुले छात्रावास, किताव खर्च , परीक्षा शुल्क र पोशाक शुल्क आफैले बेहोर्नु पर्ने छ ।

इन्स्टिच्युसनका निर्देशक परमजित सिंहले यसका अतिरिक्त प्रदेश सरकारको सिफारिसमा थप २० जना छात्राछात्रालाई ५० प्रतिशत छात्रवृति प्रदान समेत गरिने बताएका छन ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..