» » बाढीप्रति किन सेचत भएन ? (सम्पादकीय)

‘आज प्रदेश १, २ र ३ को प्राय जिल्ला भएर बहने साना नदीहरुमा आकस्मिक बाढीको संभावना छ, भोली र पर्सी प्रदेश १, २, ३ गण्डकी प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशको तराईको भूभागबाट बहने साना तथा मझौला नदीहरुमा बाढीको उच्च संभावना, पूर्वतयारी र प्रतिकार्यमा जुटौं ’ जल तथा मौसम विभागले असार २५ गते गरेको सूचना हो ।

त्यति मात्र होइन, ७ जुलाईका दिन विभागले आफ्नो आधिकारिक ट्वीटरमा लेखेका छन्, अगामी तीन दिन देशैभर मौसम थप सक्रिय रही वर्ष हुने हुँदा पहिरोग्रस्त क्ष्ोत्रमा थप सतर्क रहौं भनि सूचना जारी गरेका छन् । विभागले यस्ता सूचना वर्षा शुरु हुनुभन्दा १५ दिन भन्दा पहिलेदेखि नियमित सूचना गर्दै आएको छ । तर सम्बन्धित पक्षले यसमा ध्यान नदिँदा ठूलो क्षति भोग्नु परेको छ ।

 विभागले अलर्ट गराएको ठाउँहरुमा मात्र सतर्कता अपनाइ दिएको भए सायद अहिलेको जस्तो अवस्था आउने थिएन । यो लेख्दा (असार २९) सम्म ६० जना भन्दा बढीको ज्यान गइसकेको छ भने हजारौं वेपत्ता छन् । कतिपय त घाइते भएर उपचार गराई रहेका छन् । उपचार गराई रहेकामध्येका कतिपयको अवस्था सन्तोषजनक छैन । मानवीय क्षति यति भएको छ भने भौतिक सम्पत्ति कति नोक्सान भएको होला सहजै अनुमान गर्न सकिन्छ ।


यसको दोष कसले लिने ? यसको क्षतिपूर्ति कसले दिने ।

यसमा आम जनताले पनि सतर्कता अपनाउनु पर्ने थियो तर अपनाएन तर सरकारी संयन्त्र त अहिले स्थानीय गाउँ टोलसम्म पुगेको छ । उनीहरुको काम नै जनताको भलाई गर्ने हो । परि आएको समस्यामा साथ दिने हो तर कसैले त्यसमा चासो देखाएको कति देखिएको छैन । विभागले त प्रदेश मात्र होइन, जिल्ला उल्लेख गरेर नदीको नाम र जोखि हुने विभिन्न ठाउँको नाम समेत उल्लेख गरेर सचेत गराएको देखिन्छ ।

जस्तै, हाल कपिलवस्तु, रुपन्देही, चितवन, बारा, पर्सा, मकवानपुर, सिन्धुली, सिरहा, रौतहट र आसपास अधिकाँश स्थानमा भारी वर्षा मापन भएको छ । कमला, बाग्मती यसका शाखा नदीहरु र अन्य साना नदीमा जलसतह बढ्दो छ । केही खतरा तह पार हुने संभावना भएकाले आजको रात सतर्क रहनुहोला ।’


असार २७ गते जारी गरेको सूचना हो । यति स्पष्टसँग भनिसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिनु भनेको जानी जानी जनतालाई मारेको पुष्टि हुन्छ । सरकारले ६० जनालाई हत्या गरेको भन्दा फरक पर्दैन । मनसुन सक्रिय हुन थाल्दा वा पानी पर्न लाग्दा बाढी आउने निश्चित हुन्छ भने कुरा ले म्यानलाई पनि थाह हुन्छ तर यसप्रति सचेत अपनाइएको कतै देखिएको छैन ।

 जोखिमयुक्त रहेका नदीनालामा तटबन्ध बनाउनुदेखि लिएर पानी बहावको निकास बनाउने काम गर्नुपथ्र्यो । वा सम्भावित बाढी आउने जोखिमबाट कसरी बाँच्न सकिन्छ त्यसको बारेमा जानकारी दिनुपथ्र्यो । घटना भइसकेपछि अनेक उपाय अपनाउने गरेको देखिन्छ तर घटना हुनुभन्दा पहिले कुनै प्रकारका सतर्कता अनाएको देखिदैन ।

यो कुरा सबैलाई थाह छ कि वर्षातको समयमा ठूलो होस् सानो बाढी अवश्यै आउँछन् । तैपनि कानमा तेल हालेर बस्नु मुर्खता हो । दिएको सूचनामा मात्र ध्यान दिएर त्यसमा सतर्कता अपनाएको भए सायद यस्तो खवस्था हुने थिएन । कम क्षति तथा जोखिम हुन्थ्यो तर सरकारले लापरवाही अपनाएको देखिन्छ ।

पहिला पहिला मौसम विभागमाथि कसैले विश्वास गर्दैन्थ्यो । प्रविधिको अभावमा गर्ने पूर्वानुमान कतिपय अवस्थामा गलत हुन्थ्यो । जव विभागले भनेको कुरा मेल खाँदैन्थ्यो अनि त्यसलाई मजाक बनाउँथ्यो ।

अब त्यो अवस्था पनि छैन । प्रविधियुक्त मौसम विभागले भनेको कुरा ९० प्रतिशत भन्दा बढी मिल्ने गरेको देखिन्छ । तर त्यसमाथि कसैका ध्यान गएको देखिदैन । कि सरकारलाई सरकारी संयन्त्रणले गरेका कामप्रति त्यति विश्वास छैन । यदि छैन त्यो कुरा खुलेर बाहिर ल्याएर त्यसको विकल्प खोज्नु पथ्र्यो ।

तर जनतालाई मर्न छाडेर सरकार लापरवाही अपनाएको देखिन्छ । जोखिमको कुरामा बाहिरतिर सतर्कता अपनाउन सकेन । सूचनाको पहुँच नहोला, देशको राजधानी काठमाडौ उपत्यकामा पनि त्यतिकै जोखिम देखियो । यहाँ जान्ने बुझ्नै सबै छन् । समाजिक सञ्जालदेखि अन्य सूचना प्रणाली चलाउनेहरु काठमाडौ उपत्यकामा छन् ।

विभागले २४–२५ गतेदेखि नै काठमाडौमा कुन कुन नदीमा पानी बहावको चाप बढ्छ, त्यसको आसपासका जनता सतर्क रहनुपर्ने सूचना नै जारी गरेको छ तर त्यसप्रति कसैले ध्यान दिएनन् र आज देशले यत्रो क्षतिका सामना गर्नुपरेको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..