» » सदनप्रति सरकार जवाफदेही हुने कि नहुने ?

–राजकिशोर यादव 
कुमार पौडेलको हत्या कसरी भयो ? कसको निर्देशनमा भयो, किन भयो ? यसको कारण चाहियो, राष्ट्रिय जनता पार्टीको माग हो । त्यो घटना मात्र होइन, असार १४ गते । सर्लाहीको इश्वरपुरमा १२ वर्षको बच्चा अमित राय जो असल नागरिक भएर यो देशको सेवा गथ्र्यो ।

तर माफियाद्धरा रचिएको षडयन्त्रमा डुवेर मर्छ र राज्यको गहार्दा त्यहाँ राज्यको पनि उपस्थित देखिदैन । १२ घण्टा पछाडी जिल्लाका एसपी त्यहाँ पुग्छन्, र भन्छन् तिमी आफ्नो बच्चालाई निकाल्ने हो भने दमकल लगाएर निकाल, निकाल्ने अरु कुनै उपाय छैन ।’


बच्चाको लाश निकाली सकेपछि अर्को दिन त्यहाँ स्थानीय जनताले हक अधिकारको सुरक्षा गर, हामीसँग अन्याय भयो, हामीसँग अत्याचार भयो, यो सरकारबाट पालिएका छौराहरुबाट हामाी प्रताडित भयौं भनि अवाज बुलन्द गर्दा निधारमा गोली मारिन्छ ।

र, सरोजनरायण सिंहको हत्या हुन्छ । सम्मानित सदनमा हामी जनताका प्रतिनिधिले जनता पीडा बारम्बर राखिरहेका छौं । तर सदन संवेदनशिल भइरहेको छैन । या यो सदन संवेदनशिल छैन या यो सदनको नियन्त्रण भन्दा सरकार बाहिर छ ।


यो सरकार कहाँबाट नियन्त्रित छ । एक महिनामा सर्लाहीमा नश्लीय चरित्रको मानवता विरोधीको घटना हुन्छ । हामीलाई जानकारी भए अनुसार त्यहाँका सिडियो, एसपीले माफियाबाट पैसा लिएर कुमार पौडेलको हत्या गर्यो । जातीय नरसंहारको नाममा सरोजनारायण सिंहको हत्या गरिएको छ ।

 के यो राज्य साँच्चै जातीय नरसंहार गर्न उद्दत हो । त्यो एसपीले आइ एम द स्टेट मनोविज्ञानबाट काम गर्दैछ । अहिलेसम्म त्यो गृह प्रसाशनले त्यो एसपीलाई एक शब्द पनि सोधेको छैन । न स्पष्टीकरण लिएको छ न कारवाहीको दायरामा ल्याएको छ ।


के हामी टुलुटुलु हेरेर बस्ने ? यहाँ घटनाघटित भइरहने जनता रोइ कराइ  गरिरहने । जनताले कुरा उठाउँदा सरकारका अरिगाँलहरु, सरकारका वरिपरी भएका मान्छेहरु, विरोधका लागि मात्र रचिएको विरोध भन्छन् । ‘खिसियानी बिल्ली खम्बा नोचे’ जस्तै भएको छ । सरकारले आफ्नो काम के गर्दैछ त्यसको जवाफ दिएको छैन ।

सरकार जनताप्रति उत्तरदायी नहुने उल्टै जनतालाई गैर जिम्मेवारी ढंगले होच्याउने ढंगले कहिले निछारा, कहिले छाडा, कहिले छौडा भनेर गाली गलौज गर्छन् । हामी कस्तो परम्परा लोकतान्त्रिकको अभ्यास गरिरहेका छौं ? यदि यसरी नै सरकार सञ्चालन गर्ने हो भने बाध्य भएर हामीलाई धेरै कुराको सीमा नाघेर केही गर्नुपर्ने अवस्था सृजना नहोस् भनि सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।


मधेशी जनतालाई हत्या गरेर जनसँख्या कम गरेर सरकरलाई दमन गरेर शासन गर्छु भनि कुचेस्टा छ भने हामी यहीबाट चुनौती दिन चाहन्छौ कि हामी त्यस्ता चुनौतिलाई सामना गर्न तयार छौं । राज्य नश्लीय नंरसहार र जातीय नररहांर गर्न थालेको छ भने हामी पनि त्यसको जवाफ दिन तयार छौं ।


हत्या गरिन्छ र हामीले ल्याएको अधिकार कटौती गरिन्छ र उल्टै सविधानको सपथ खाएका मन्त्री सविधानको विरुद्धमा बाहिर गएर अभिव्यक्ति दिन्छ । लोकसेवा आयोगले गरेको विज्ञापन के हो ? त्यसका स्पष्टिकरण दिनुपर्छ कि पर्दैन ? हामीले लडेर ल्याएको सविधानमा जुन प्रदत अधिकार छ त्यो पनि खोस्ने । एकपछि अर्को भ्रष्टाचारका कामहरु, एकपछि अर्को गैरजिम्मेवारका कामहरु हुँदैछ ।

अब जनताले स्वच्छ, विषादीरहित तरकारी खान पाउनुपर्छ भनि न्युनतम मौलिक अधिकार हो तर यहाँ प्रधानमन्त्री भन्नुहुन्छ, मैले कुरै नबुझिकन ड्याङ्गै निर्णय गरिदिए ।’ अर्को मन्त्रीले भन्नुहुन्छ, मैले पढ्दै नपढीकन हस्ताक्षर गरिदिए ।’ अर्को मन्त्री भन्छन्, अर्को मन्त्रालयबाट चिठी आएको आधारमा गरिदिए ।’ कोही ड्याङ्गै, कोही पढ्दै न पढीकन निर्णय गरेका छन् । यस्तै निर्णयहरु भइरहने हो भने कुनै दिन यो मुलुक अर्कैको नाममा भइदियो भने के नगर्ने ?

यो के भइरहेको छ ? यो मैले बारम्बर निवेदन गरे कि यो सदनप्रति सरकार जवाफदेही हुने कि नहुने । सरकार जनताप्रति जवाफदेही हुने कि नहुने । यो गम्भीर प्रकारको प्रश्न उब्जीन थालेको छ । चौतर्फी आलोचना भइरहेको छ । त्यो आलोचनालाई सकारात्मक रुपमा लिएर समाधान नगर्नुको साटो जुन प्रकारको चरित्र प्रदर्शन भइरहेको छ त्यसले कही लगिदैन । यसलाई भन्छ, ‘विनाशेकाले विपरित बुद्धि’ । अहिलेको स्थिति त्यस्तै निर्माण भइरहेको छ ।

लाल आयोगको बारेमा हामीले बारम्बार सदनमार्फत सरकारलाई घचघचाइ रह्यो । अहिलेसम्म सरकार कानमा तेल हालेर सुतेको छ । उहाँलाई लाग्दो होला । यो सरकारलाई लाग्दो होला कि राजपाले अवाज उठाउँदैमा के हुन्छ र ।


आज सर्लाही घटनाको बारेमा सत्यतथ्य आउनुपर्छ । हत्या गर्यो, त्यो एसपीलाई हत्या गर्न यहाँबाट निर्देशन दिएर पठाएको हो, या सरकारका पाल्तुको रुपमा त्यहाँ पालिएको हो । त्यसको सत्यतथ्य जानकारी यहाँ हुनुपर्यो र लाल आयोगको प्रतिवेदन सार्वजनिक भएन भने सदनको अर्को बैठक अवरोध गछौं । र, सर्लाही घटनाको बारेमा एउटा न्यायिक छानविन आयोग निर्माण गरेर वास्तविक दोषी को त्यो पत्ता लगाएर न्यायको कठघारामा उभ्याउन माग गर्दछौं ।

(राजपाका अध्यक्षमण्डलका सदस्य एवं प्रतिनिधिसभा सदस्य यादवले असार २४ गते संसदमा दिएका मन्तव्य)  

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..