» » बाढीले कृषिमा अर्बौको क्षति

केही दिनदेखि परेको अविरल वर्षाका कारण कृषि क्षेत्रमा अर्बौको क्षति भएको छ । डुवान रहेकै कारण सबै ठाउँबाट यकिन विवरण नआएको कारण फ्याक्ट डाटा प्राप्त भएको छैन । कृषि तथा पशुपक्षी मन्त्रालयसँग पनि असार ३१ गतेसम्म प्रदेश १ को मात्र तथ्यांक मात्र प्राप्त भएको छ ।

त्यो तथ्यांक पनि पूर्ण छैन । तथ्याङ्क अनुसार बाढी र पहिरोका कारण प्रदेश १ मा मात्र ८१ करोड ५४ लाख ७२ हजार बराबरको क्षति कृषिमा भएको छ ।


सो प्रदेशमा पशुपक्षीतर्फ मात्र २५ लाख ८० हजारको क्षति भएको भएको छ भने बालीतर्फ करीब ८१ करोड २९ लाख बराबरको क्षति भएको छ । पशुपक्षीतर्फ गाई, सुगुँर, बाख्रा, कुखुरा, कुखुराको चल्ला, माछालगायतको क्षति भएको छ भने बालीमा मकै तरकारी, चैते धान, वर्षे धान र अलैंचीमा क्षति पु¥याएको छ । मोरङको सुन्दुर हरैचा वडा नम्बर १० मा साढे तीन हजार भन्दा बढी कुखुराको चल्ला बगाएको छ ।

तेह्रथुमका छथरमा २ वटा गाईलाई पहिरोले  बगाएको छ भने पाँचथरमा २० वटा घरधुरीका २४ वटा गाई, सुगँुर, बााख्रा र कुखुर पहिलोले बगाएको मन्त्रालयले जनाएको छ ।


ओखलढुगाको दुधकुण्ड ८ मा एउटै परिवारको दुईलाख बराबरको ट्राउट माछा बाढीले बगाएको छ । । भने सुनसरीको इनरुवा ५ मा एक घरबाट ८० कुखुरा बाढीले बगाएको छ । भोजपुरमा जिल्लामा ६६ करोड ४८ लाख बराबरको नौहजार ६०० हेक्टरमा लगाएको चैते धान र मकै नष्ट भएको छ ।


धानको सुपरजोन रहेको झापामा ६५ हेक्टरमा लगाएको ६८ लाख बराबरको धान, मोरङमा एकहजार ६१० घरधुरीको ६७० हेक्टरमा लगाएको आठ करोड ७४ लाख ५० हजार रुपियाँ बराबरको तरकारी नष्ट भएको छ । सुनसरीमा ३५७ घरधुरीको १८० हेक्टरमा लगाइएको चार करोड ८० लाख रुपियाँ बराबरको तरकारी र केरा, खोटाङ्मा ४५५ घरधुरीका १६५ हेक्टरमा लगाएको एक करोड १५ लाख ३० हजार बराबरको मकै नष्ट भएको मन्त्रालयले जनाएको छ ।


प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र साहले कृषिमा क्षति भएको विवरण संकलन गर्ने कार्य भइरहेको बताउनु भएको छ । विवरण संकलन गर्नका लागि सम्बन्धित निकायलाई निर्देशन जारी भइसको छ । प्राप्त सूचना अनुसार प्रदेश २ मा हुने कुल मत्स्य पालन व्यवसायको ७० प्रतिशत भन्दा बढी पोखरीमा बाढीले क्षति पुगेको छ । प्रदेश नम्बर २ मा कुल १५ हजार ६ सय ६७ पोखरी मध्ये ११ हजार पोखरी बाढीकै कारण प्रभावित भएको छ ।
बारामा सबैभन्दा बढी ४ हजार १३६ पोखरीमा माछा उत्पादन हुन्छ ।

जसमध्ये २ हजार ४८१ पोखरी प्रभावित भएका छन् । त्यस्तै सप्तरीमा २ हजार ६८४ पोखरी छन् । जसमा १ हजार ८७९ पोखरीमा बाढीले क्षति भएको छ । यस क्षेत्रमा बर्सेनी ३ हजार ६०० मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ । धनुषामा २ हजार ३५३ पोखरीमा माछा उत्पादन हुँदै आएकोमा १ हजार ६४७ पोखरीमा क्षति भएको प्रारम्भिक तथ्यांकले देखाएको छ । धनुषामा प्रत्येक वर्ष पोखरीहरुमा ३ हजार ३०० मेट्रिकटन माछा उत्पादन हुदै आएको छ ।


सिरहामा २ हजार १५४ पोखरीहरुमा किसानहरुले व्यवसायिक रुपमा माछापालन गर्दै आएका छन् । बाढीका कारण १ हजार ६१५ पोखरीमा क्षति पु¥याएको छ । त्यस्तै यहाँ बर्सेनी २ हजार ९ सय टन मत्स्य पालन हुने गर्छ । महोत्तरीमा १ हजार ९३५ पाखेरीमा माछा पालन हुन्छ जहाँ बाढीले सबैभन्दा बढी पोखरीमा क्षति पु¥याएको छ । यहाँ ३ हजार मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ ।


सर्लाहीमा १ हजार २३४ पोखरीमा मत्स्य पालन हुँदै आएको छ जहाँ ९८७ पोखरीमा बाढीले क्षति पु¥याएको छ । यहाँ प्रत्येक वर्ष २ हजार २ सय मेट्रिकटन माछा उत्पादन हुनेगर्छ । बाढीबाट सबभन्दा बढी प्रभावित रौतहटमा माछा उत्पादन हुने १ हजार १७१ पोखरीहरु मध्ये ९३७ पोखरीमा क्षति पुगेको छ । यहाँ प्रत्येक वर्ष २ हजार ५ सय मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ ।


समृद्धि परियोजना प्रतिनिधि राकेश झाले बाढीका कारण माछामा मात्रै ३ अर्ब रुपियाँभन्दा बढीको क्षति पु¥याएको र त्यसमध्ये सबै भन्दा बढी क्षति महोत्तरी र बारामा भएको छ ।  धनुषाको नगराईन नगरपालिकामा रहेको माछा उत्पादन पोखरीमध्ये ४० वटा पोखरीमा मात्रै १० करोड  रुपियाँ बराबरको क्षति भएको छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..