» » सर्लाहीमा भएको आगलागीबाट लाखौको क्षति

सर्लाही असार २२ गते । सर्लाही जिल्लाको रामनगर गाउँपालिका खैर्वामा भीषण आगलगी भएको छ ।

आगो निभाउने दमकल या कुनै पनि वैकल्पिक साधन नहुदाँ आगलागीबाट क्षति भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल विद्याथीं संगठनका अध्यक्ष मनिष मिश्रले बताउनुभयो ।

परंपरागत हिसाबले ह्यान्ड पाईप (कल) बाट पानी तानेर आगो निभाउँदा नियन्त्रणमा आएको उहाँले बताउनुभयो । तैपनि हेर्दा हेर्दै लाखौको क्षति भयो। ज्ञानज्योति इंग्लिश बोर्डिंग स्कूल पूर्ण रूपमा क्षति भएको छ भने छेउछाउको घरहरूलाई पनि क्षति बनाएको उहाँले बताउनुभयो ।


स्थानीय स्तरमा एक तहको आफ्नै सरकार भएकोले यस्ता आकास्मात आईपर्ने घटनाको बारेमा पूर्व अनुमान गरी सामाधानको उपाय खोजि गर्नुपर्ने उहाँले बताउँनुभयो ।


सरकारको उदासिनताक कारण समयमै दमकल नपूगेकोले आगलगी भई लाखौको क्षति भएकोले पिडित परिवार, व्यक्तिको पहिचान गरी यथाशीघ्र क्षतिपूर्ति उपलब्ध गराई जनता प्रति सरकारको दायित्व बोध को आभास गराउन उहाँले माग गर्नुभएको छ । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..