» » बाढीका करण विराटनगरका ८०० घर विस्थापित

काठमाडौ असार २८ गते । बिराटनगर र आसपासका क्षेत्र मा बाढीका कारण करिब ८०० परिवार विस्थापित भएको छ।

विराटनगर को पुर्व भएर बग्ने सिंघिया खोलामा बाढीको स्तर बढ्दै गएपछि वडा नम्बर १ र ८ का करिब २५० सुकुम्बासीहरुको घर घरमा पानी पसेको छ।

विराटनगरको पश्चिम भएर बग्ने केशलिया खोलाको असरले महानगरपालिक ६, १२ र १६ मा पानी पसेपछि क्रमशः करिब ४००, ५० र ५० घर विस्थापित भएको छ। त्यसै गरी पुर्वी मोरङको राम चोकमा लोहन्द्रा खोलाको पानी छिरेपछि करिब ५० घर विस्थापित भएका छन् ।

संघीया, केसलियालगायतका खोलामा आएको बाढीका कारण विराटनगर, बुढीगंगा, कटहरी, जहदा गाउँपालिकालगायतका स्थान बढी प्रभावित रहेको राकेश यादवले बताउनुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..