» » सांसद यादवले भन्नुभयो, शिक्षाको गुणस्तरमा सुधार भइरहेको छ

पर्सा असार २० गते । समाजवादी पार्टी, नेपालका पर्सा जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदिप यादवले सामुदायीक विद्यालयमा आआफ्ना बालबालिकालाई अध्ययन गराउन आग्रह गर्नुभयो । 
सरकारले सामुदायिक विद्यालयमा गुणस्तर शिक्षाका लागि लगानी गरिरहेको उल्लेख गर्दै उहाँले समुदायिक विद्यालयमा बालबालिकालाई पढाउन आग्रह गर्नुभयो । 
उहाँले शिक्षाको गुणस्तर सुधार गर्न हामी सबैको कर्तव्य भएको हुनाले आजैदेखि त्यसको सुधारमा लागौं ।
वीरगन्जको नगवामा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजना गरिएको  प्रारम्भीक शिक्षा पढाई मेला कार्यक्रमलाई सम्बोधन गर्दै सामुदायिक विद्यालयको अवस्था सुधार गर्ने तर्फ सबैको दायित्व रहेको बताउनुभयो । 
सांसद यादवले नेपालको सामुदायीक विद्यालयको अवस्था सुधार गर्न नेपाल सरकारले पनि नेपालको सबै ठाउँमा केन्द्रिय विद्यालयको स्थापना गर्नु पर्ने माग गर्नुभयो । 

‘शिक्षाको क्षेत्रमा अहिले धेरै सुधार भएको  छ ।’ सांसद यादवले भन्नुभयो, शिक्षा क्षेत्रमा विगतको भन्दा निकै सुधार भएको छ, पहिला पहिला स्कूलमा पढ्नका लागि घरबाटै ओछ्यान लिएर जानुपथ्र्यो तर अहिले त्यो अवस्था छैन ।’

सामुदायीक विद्यालयको बिग्रेको शिक्षाको स्तरलाई सुधार गर्ने तर्फ सरकारको निति रहेको बताउँदै सांसद यादवले सोही निति अनुरुप अहिले सामुदायीक विद्यालयहरुमा सीसीटिभी क्यामरा जडान भइरहेको बताउनुभयो । 

उहाँले स्कूलमा जडान भएको सीसीटिभी मार्फत बालबालिका तथा शिक्षकहरुको गतिविधि नियाल्न सकिन्छ जसले गर्दा शिक्षामा सुधार पनि ल्याउन सकिने बताउनुभयो । 

कार्यक्रममा समाजवादी पार्टीका नेता रामनरेश यादव, सुन्दर कुर्मी, नगर अध्यक्ष इश्वरचन्द्र यादव, महानगरका शिक्षा इकाई प्रमुख अरविन्दलाल कर्ण, वडा अध्यक्ष श्यामबाबु चौरसिया लगायतकाले आआफ्नो धारणा राख्नुभएको थियो । 

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..