» » डिडिसी चार करोड नाफामा


दुग्ध विकास संस्थान (डिडिसी) ले आर्थिक वर्ष २०७४÷०७५ मा चार करोड ८५ लाख ३९ हजार १९७ रुपियाँ (करपछि) नाफा गरेको छ । ५० वर्ष पुरानो संस्था डिडिसीमा २०७५÷०७६ मा नौ महिनासम्मको (करअघि) नाफा पाँच करोड ७२ लाख ६ हजार ८९५ रुपियाँ रहेका छ । डिडिसीले जानकारी अनुसार आर्थिक वर्ष २०७५÷०७६ को जेष्ठसम्म चार करोड ६८ लाख १४ हजार ७७७ लिटर कच्चा दुध संकलन गरेको थियो ।


त्यसमध्ये तीन करोड ६६ हजार नौहजार ६३२ लिटर प्रशोधित दुध विक्रि गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ को चैत महिनासम्म चार करोड दुईलाख ३५ हजार लिटर कच्चा दुध वापत कृषकलाई दुई अर्ब दुई करोड ५८ लाख १४ हजार भुक्तानी दिएको डिडिसीले जनाएको छ । करिब दुई लाख कृषक परिवारको संलग्नतामा १२ सय दुग्ध उत्पादक सहकारी संस्थामार्फत करिब दैनिक दुईलाख लिटर दुध खरिद गरि प्रतिदिन करिब एक करोड रुपियाँ ग्रामिण क्षेत्रमा प्रवाह भएको डिडिसीले दावी गरेको छ ।

४६ जिल्लाहरुबाट १२ सय दुग्ध उत्पादक सहकारी संस्थाहरुमार्फत करिब दुई लाख किसानहरुका संलग्नतामा स्थानीय दुध संकलन भइरहेको जानकारी गराउँदै डिडिसीले ६५ वटा चिस्यान केन्द्र, आठवटा प्रशोधन कारखानाबाट संकलन प्रशोधन तथा विक्रि वितरण गरिरहेको जानकारी गराएको छ ।


डिडिसीका १० वटा आफ्नै याक चिज, एकवटा पशु आहारा र विराटनगरमा धुलो दुध उत्पादन गर्ने एउटा कारखाना रहेको छ । विराटनगरको धुलो दुध कारखानाले ६ मेट्रिकटन धुला दुध दैनिक उत्पादन गर्ने गर्छ ।
डिडिसीले संकलित दुधमध्ये एकलाख ८५ हजार ६२६ केजी चिज, सातलाख ६७ हजार ८४२ केजी मख्खन र नौलाख सात हजार ९६३ धुलो दुध उत्पादन गरेको छ ।

डिडिसीले डेरी ह्वाइटनर तथा होल मिल्क पाउडरको उत्पादन गरी नेपाली सेनामा आपूर्ति भइरहेको र चाँडै नै सर्वसाधारणका लागि वजारमा पठाउने तयारी भइरहेको जनाएको छ । त्यसैगरि बुधवारदेखि चकलेट फेवरको फ्रेस मिल्क बजारमा ल्याएको छ ।   
विराटनगर स्थित संस्थानको धुलो दूध कारखानाको ३ मेट्रिक टन प्रति दिनको क्षमतालाई दोब्वर गरि डेरी ह्ववाईटनर समेत उत्पादन गर्ने गरि कारखाना पूर्ण क्षमतामा संचालनमा ल्याईएको छ । त्यस्तै प्रदेश १ सरकारको आर्थिक सहयोगवाट सोहि कारखानामा व्वाईलर तथा आईसवैंक खरिदका लागि प्रकृया बढेको जानकारी गराउँदै डिडिसीले प्रदेश ५ का सरकारको ५० प्रतिशत अनुदानमा २ थान नौहजार लिटर क्षमताको रोड मिल्क टैङ्कर खरिद गरिएको छ ।


कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनाल दुधको यो प्रगतिबाट सन्तुष्ट हुनुहुन्न । उहाँले आशातित काम कति गरेको छ, त्यसमा प्रश्न खडा भएको बताउनुभयो । डिडिसीले गरिरहेको कामलाई अझै राम्रो बनाउन चुनौति रहेको उल्लेख गर्दै उहाँले अबको एक डेढवर्षमा राम्रो बनाउन सकिएन भने त्यसपछि केही गर्न नसकिने बताउनुभयो । आफूले एक वर्षदेखि डिडिसीको काम कारवाहीलाई नजिकबाट हेरिरहेको उल्लेख गर्दै उहाँले अबको एक डेढवर्षका राम्रो गर्न सकिएन भने त्यसपछि सोच्न नसकिने बताउनुभयो ।


डिडिसीको दुग्ध र दुग्धजन्य उत्पादनलाई अन्तराष्ट्रि गुणस्तरसँग प्रतिस्पर्धा गर्नुपर्ने तर त्यो अनुसारको काम नभएको उहाँले गुनासो गर्नुभयो । नीजि तथा अन्तराष्ट्रि क्षेत्रमा डिडिसीले आफ्नो पहिचान स्थापित गरेको बताउँदै उहाँले गुणस्तरमा अझै ध्यान दिनुपर्ने बताउनुभयो ।

जुन उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न सकिदैन, त्यसलाई बन्द गरिदिनुपर्छ, उहाँले नामै लिएर भन्नुभयो, गुलाव र आँगनसँग जुन उत्पादनले प्रतिस्पर्धा गर्न सकिदैन त्यसलाई बन्द गरिदिनुपर्छ ।’ गुणस्तरीय र बजारभन्दा सस्तो वस्तु उपभोक्तालाई दिन सक्यो भने केही हदसम्म प्रतिस्पर्धामा जान सकिने बताउँदै उहाँले गुणस्तर उत्पादन गरी प्रतिस्पर्धा गर्न सकियो भने सरकारले जुनसुकै अवस्थामा पनि डिडिसीलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।


उहाँले भन्नुभयो, देशका फाइभस्टर, थ्री स्टार होटल तथा सरकारी निकायमा मात्र कन्भिन्स गरेर गुणस्तरीय उत्पादन दिन सक्यो भने ती निकायहरुलाई डिडिसीका दुग्ध तथा दुग्धजन्य वस्तु खरिद गर्न मन्त्रीपरिषद्बाट नै निर्णय गरि दिनेछौं । तर फाइभस्टार स्तरको समाग्री हुनुपर्छ ।’ गुणस्तरीय र पुर्याउने ग्यारेण्टी भएपछि सरकारले जस्तोसुकै निर्णय गर्न सकिने उहाँले आश्वासन दिनुभयो ।


डिडिसीका अध्यक्ष वसन्त गिरीले दुग्ध तथा दुग्धजन्य पदार्थको गुणस्तरमा कुनै सम्झौता नगर्ने दावी गर्नुभयो । अन्य डेरीभन्दा डिडिसीको दुग्धजन्य पदार्थ गुणस्तर रहेको दावी गर्र्दै उहाँले लैनचौरमा डिडिसीले आफ्नै सुविधा सम्पन्न सपिङ्ग कम्पलेक्स बनाउने बताउनुभयो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..