» » सिके राउतले यसरी गर्दै हुनुहुन्छ देश टुक्राउने प्रचार

सरकारसँग ११ बुँदे सम्झौता गरि मुलधारको राजनीतिमा आउनु भएका सिके राउत अझै पनि नेपालबाट मधेश टुक्र्याउने मिसन छाड्नु भएको छैन । देखाउनका लागि उहाँले जनमत पार्टी गठन गरेपनि भित्रभित्रै देश टुक्राउने अभियानलाई निरन्तरता दिनुभएको छ ।

नपत्याए उहाँको फेसबुक र अनलाइनहरु (www.ckraut.com) हेर्नसक्नु हुन्छ । उहाँले आफ्नो फेसबुक र अनिललाइनबाट ती म्याटरहरु हटाउनु भएको छैन, जुन म्याटर देश टुक्राउने अभियानका बेला अपलोड गर्नुभएको थियो । अझै पनि फेसबुक र अनललाईनमा जस्ताको त्यस्तै छ ।

सिके राउतलाई मुलधारको राजनीतिमा आएको पाँच महिना भन्दा बढी हुन लागेको छ तर उहाँले गोप्य ढंगबाट आफ्नो अभियान चलाई रहनु भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधिन, सार्वभौमसत्ता सम्पन्न, अभिभाज्य राष्ट्र हो र नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने आफ्नो कर्तव्य ठान्ने सिके राउतले स्वतन्त्र मधेशको गठबन्धन पर्चा, पम्पलेट, झण्डा, मधेश देशका लागि बनाइएको राष्ट्रिय गीत लगायत अन्य दस्तावेजहरु प्रचार प्रचारमा राख्नु नै भएको छ ।


सिके राउतको अफिसियल फेसबुक ‘डा.सिके राउत’ लाइकपेजमा स्वतन्त्र मधेशका सबै दस्तावेजहरु जस्ताको त्यस्तै छन् । उहाँकै लाइकपेजमा डब्लुडब्लु डट सिकेराउतडट कम लिंक गर्नुभएको छ । अहिले पनि हजारौ व्यक्ति दैनिक रुपमा त्यो अनलाईन हेर्नुहुन्छ । यो वेवसाइट सिके राउतको व्यक्तिगत साइट हो भनिएको छ । त्यसमा स्वतन्त्र मधेश सबै दस्तावेज रहेका छन् ।

 यहाँसम्म कि उहाँले आफ्नो फेसबुकमा राख्नु भएको बायोग्राफीमा अहिलेसम्म स्वतन्त्र मधेश गठबन्धनको संयोजक आफू रहेको उल्लेख गर्नुभएको छ । जब कि उहाँले जनमत पार्टी निर्वाचन आयोगमा दर्ता गराएर त्यसको अध्यक्ष पनि भइसक्नु भएको छ तर त्यसको अध्यक्ष भइसकेका छन् तर स्वतन्त्र मधेशको मोह उहाँबाट गएको छैन ।

 उहाँले आफ्ना दलका नेता तथा कार्यकर्ताहरुलाई आन्तरिक प्रशिक्षण दिँदा मधेश स्वतन्त्र राष्ट्र हुने त्यसका लागि धैर्य गर्नुपर्छ भनिरहनु भएको प्रशिक्षणमा सहभागी एक केन्द्रीय सदस्यले बताउनुभयो ।

 उहाँले आफ्नो वेवसाइटमा राखेका दस्तावेजहरुको बारेमा नेता तथा कार्यकार्तालाई देखाउँदै प्रशिक्षण दिइरहनु हुन्छन ।

सरकार र सिके राउतको गठबन्धनसँग भएको ११ बुँदे सम्झौताको ६ नम्बर बुँदामा लेखिएको छ,–‘स्वतन्त्र मधेश गठबन्धन तथा यसका नेता–कार्यकर्ताद्धारा यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताब, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाईन सामग्री आदिलाई भविष्यमा कारवाहीको विषय बनाइने छैन । अगामी दिनमा सविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन ।’


यसअघि तयार पारिएका र पहिले प्रचारमा गएका किताब, पर्चा–पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाईन सामग्री आदिलाई भविष्यमा कारवाहीको विषय नबनाइने भनिए पनि सविधानको व्यवस्था र यस सहमति प्रतिकुलका प्रचार सामाग्री उत्पादन तथा वितरण नगरिने भनिएको छ तर उहाँले फेसबुकमार्फत र वेवसाइटमार्फत ब्याण्ड लगाइएको दस्तावेजहरु वितरण गरिरहनु भएको छ ।

 स्वतन्त्र मधेश गठबन्धनका नेता–कार्यकर्ता तथा समर्थकहरुलाई नेपालको सविधान प्रदत्त अधिकारको प्रयोग गर्दै नेपालभित्र बसोवास गर्ने, जीविकोपार्जन गर्न, संघसंस्था वा पार्टी खोल्न वा संगठित भएर मूलधारको राजनीतिक गर्न कुनै किसिमको अवरोध खडा गरिने छैन र त्यस्ता कृयाकलपा गरेवापत राज्यद्धारा कुनै प्रकारको कारवाही गरिने छैन सम्झौतापत्रमा उल्लेख छ तर स्वतन्त्र मधेश गठबन्धनको नाम हुने प्रचार प्रसारलाई रोक लगाउने छैन कारवाही गरिनेछैन भनि कही उल्लेख गरिएको छैन ।

 स्वतन्त्र मधेश गठबन्धनप्रति लोकतान्त्रिक राजनीतिक शक्तिको रुपमा व्यवहार गर्न सहमत भएको उल्लेख गरिएको छ ।

अगामी दिनमा सविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामाग्रीहरु उत्पादन तथा वितरण गरिने छैन भनिएको छ जब कि स्वतन्त्र मधेश गठबन्धनको गतिविधि र उहाँको दस्तावेजलाई अवैध मानिएको छ, सविधानको प्रतिकुल मानिएको छ, त्यसैले सिके राउत पटक पटक पक्राउ पनि पर्नुभएको थियो ।

र, सहमति अनुसार ती सबै दस्तावेजमाथि बन्देज लगाइएको छ तर चतुर सिके राउतले त्यसलाई प्रयोगमा ल्याउनु रहनु भएको छ तर सरकारलाई यसको कुनै मतलब रहेको दखिदैन । उहाँका पार्टीका प्रवक्ता चन्दन सिंह भन्नुहुन्छ, ती दस्तावेज ऐतिहासिक दस्तावेज हुन् । इतिहासका लागि त्यसलाई हटाएको छैन र सम्झौता गरेर आएपछि कुनै पनि समाग्री त्यहाँ अपलोड गरिएको छैन ।’

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले आफूलाई ती दस्तावेज राखेको बारेमा केही जानकारी नरहेको बताए । उहाँले भन्नुभयो, त्यसको बारेमा आधिकारी जानकारी आयो भने त्यसको बारेमा कुरा गछौं ।’ सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौता अनुसार अगाडि बढ्नुपर्छ यदि कसैबाट सम्झौता उल्लघन भयो भने त्यस बारेमा कुराकानी हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सम्झौतापत्रमा जे छ त्यही हो ।’


सिके राउत पछिल्लो समय पक्राउ पर्दा जेलको बसाई सहन नसकेपछि सरकारसँग सम्झौतन गर्न बाध्य हुनुभयो । सम्झौता नगरेको भए उहाँलाई जेलमै राख्ने योजना थियो । सायद यो कुरा थाह पाएर सिके राउतले सरकारसँग सम्झौता गर्न बाध्य हुनुभयो ।

 सम्झौता गरेपछि आफ्ना कार्यकर्ताहरुलाई भन्दै आउनु भएको कि मिसन एउटा बाटोले मात्र प्राप्त हुँदैन आवश्यकता अनुसार फरक बाटो पन िहिड्नु पर्छ अन्ततः जानु त्यही हो बाटो फरक भएपनि केही फरक पर्दैन ।’ उहाँले आफ्ना नेता तथा कार्यकर्ताले यो भनि रहँदा सहजै अनुमान लगाउन सकिन्छ कि उहाँ आफ्नो मिसनमा अटल हुनुहुन्छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..