धनुषा असार ३१ गते । प्रदेश २ का मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीले आफ्नो एक महिनाको तलब बाढी पीडितलाई दिने निर्णय गरेको छ ।
केहीदिनको अविरल वर्षाका कारण जनजीवन प्रभावित हुनुको साथै जनधनको क्षति भएको छ ।
आज बसेको मन्त्रीपरिषदको बसेको बैठकले राहत, उद्धार तथा पुन स्थापनालाई तीव्र बनाउने निर्णय गर्दै मन्त्रीहरुले एक महिना बराबरको तलब बाढी पीडितलाई दिने निर्णय भएको सरकारका प्रवक्ता एवं प्रदेश २ का अर्थ मन्त्री विजय यादवले बताउनुयभो ।
साउन १ गतेदेखि प्रदेशका सबै मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यहरूलाई आ–आफ्नो क्षेत्रमा गई राहत कार्यमा जुटन आग्रह समेत गरेको छ ।
बाढीले प्रभावित परिवारहरूलाई राहत कार्यमा कुनै कमी हुन नदिन प्रदेशका प्रमुख सचिव दीपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी राहत आपूर्ति तथा अनुगमन समिति पनि गठन गरेको छ।
प्रदेश सरकारले राहतका प्रत्येक जिल्लालाई पठाएको १० लाख रकमको अनुगमन समेत त्यही समितिले गर्ने निर्णय समेत भएको उहाँले जानकारी दिनुभयो ।

No comments: