काठमाडौ साउन १३ गते । प्रदेश २ मा अविरल वर्षका कारण आएको बाढीबाट भएको क्षतिको बारे जानकारी गराउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा आएको टोली आज उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनसँग भेटेको छ ।
मन्त्रालयको सभाकक्षमा सोमवार भएको भेटघाटमा मुख्यमन्त्री राउतले बाढीबाट भएको क्षति भयावह रहेकोले तत्कालिन र दीर्घकालिन योजना बनाएर तटबन्ध मर्मत तथा निर्माणमा सहयोग गर्न आग्रह गर्नु भयो ।
कटानका कारण नदीको पानी सोझै गाँउमा पसि रहेकोले त्यस्ता ठाँउहरुमा तत्काल मर्मतको काम गर्नु पर्ने आग्रह गर्दै मुख्यमन्त्री राउतले संघीय सरकारले यसका लागि तत्कालै केही गर्नुपर्ने देखिएको धारणा राख्नुभयो ।
हाल मर्मत कार्यका सहयोग गर्न मन्त्री पुनसँग आग्रह गर्नुहुँदै उहाँले दीर्घकालिन रुपमा चुरे संरक्षण, चुरेमा भई रहेको अनियन्त्रित बसोवासको नियन्त्रण, नदीहरुमा पक्की तटबन्धको निर्माण सहितको योजना बनाउनु पर्ने सुझाव पनि दिनुभयो ।
उहाँले दीर्घकालिन योजना अनुरुप कार्य नभए मधेश मरुभूमिमा परिणत हुने भएकाले संघीय मन्त्रालयलाई तत्काल यस विषयमा सोच्नु पर्ने आवश्यक समेत रहेको उहाँले धारण राख्नुभयो ।
छलफलमा मन्त्री पुनले आवश्यक रकम अर्थमन्त्रालयसँग माग गरेर तत्काल गर्न सकिने कामहरु अघि बढाउने प्रतिवद्धता जनाउनु भएको मुख्यमन्त्री राउतले जानकारी दिनुभयो ।
छलफलमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, राजपा संसदीय दलका सचेतक परमेश्वर साह, उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयका सचिवका साथै प्राविधिक टोलीको समेत सहभागिता थियो ।

No comments: