सिरहा साउन १२ गते । प्रदेश २ का उद्योग, वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले अधिकार सँगसँगै विकास पनि जरुरी रहेको बताउनुयभो ।
आफ्नो निर्वाचित क्षेत्र सिरहाको ४ (ख) का १३ अपाङ्गलाई ह्वीलचेयर वितरण गर्दै उहाँले अधिकारको लडाइमा सबैको साथ र सहयोग आवश्यक रहेको समेत बताउनुभयो ।
राज्यमन्त्री मण्डलले अपाङ्गलाई समाजमा हेर्ने दृष्टिकोण फरक भएकोले उनीहरुको आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले ह्वीलचेयर वितरण गरिएको जानकारी दिनुभयो । उहाँले अपाङ्गहरु अब नयाँ हातखुट्टा पाएको विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री समेत रहनु भएका राज्यमन्त्री मण्डलले सिरहामा आयोजित एक समारोहबीच ह्वीलचेयर वितरण गर्नुभएको छ ।

No comments: