» » लोकसेवा आयोग विरुद्ध सीटी जुलुस

काठमाडौं असार ३० गते । लोकसेवा आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापनको विरुद्धमा चरणवद्ध आन्दोलन शुरु भएको छ ।

.मधेशी, आदिवासी जनजाति, मुस्लिम, दलित लगायतका समूहले चरणवद्धको आन्दोलन घोषणा गर्दै आज सीटी जुलुस प्रदर्शन गरेको छ ।

हिजो मसाल जुलुस प्रर्दशन गरेको थियो आन्दोलनकारीले विज्ञान खारेजको माग गरेको छ । चरणवद्ध आन्दोलनमा नेपाल बन्दसम्मको कार्यक्रम राखेको बताइएको छ ।

सर्वोच्च अदालतले लोकसेवा आयोगलाई विज्ञापन अघि बढाउन आदेश दिएपछि अल्पसँख्यक समुदाय झन आक्रोशित भएको छ ।  विज्ञापन रोक्न परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

सुन्धाराबाट शुरु भएको जुलुस हनुमानढोकामा कोणसभा गर्दै समापन गरेको छ । मगंलबार ११ बजे माइतीघरमा पुनः वृहत्त प्रदर्शन गर्ने ‘आरक्षण बचाउ’ आन्दोलन अगुवाइ गरिरहेका अधिवक्ता आन्नद गुप्ताले जानकारी दिनुभयो।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..