» » अविरल वर्षाका कारण ३० जनाको मृत्यु

काठमाडौं, असार २८ गते । शुक्रवारदेखि देशभरि आएको अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १र१ जना गरी १३३ जनाको सकुशल उद्दार गरिएको छ । बाढी पहिरोबाट विभिन्न धनमाल समेत क्षति भएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोमा परी ललितपुरमा ५, काठमाडौं, खोटाङ, काभ्रेमा ३–३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २–२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १–१ जना गरी ३० जनाको ज्यान गएको हो ।

मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १–१ जना गरी १२ जना घाइते भएका हुन् ।

सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा १–१ जना गरी १८ जना वेपत्ता भएका छन् ।

बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु सहित काठमाण्डौ उपत्यकामा आठहजार ८५६ जना, प्रदेश नं १ मा छहजार ३०५ जना, प्रदेश नं २ मा पाँचहजार ७०२ जना, प्रदेश नं ३ मा तीनहजार ४०५ जना , प्रदेश नं ६ मा तीनहजार ११२ जना गरि सताइस हजार ३८० प्रहरी कर्मचारीहरु परिचालित रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ । यसै गरि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल समेत अवरोध हटाई हिजो साँझ ७ बजे बाट सुचारु गरिएको त्रि।अ विमानस्थल सुरक्षा गार्ड प्रहरीले जनाएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..