सप्तरी असार २९ गते । कोशी व्यारेज कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको छ।
कोशी नदीमा पानीको चाप बढ्न थालेपछि शनिबार राति साढे १० वजे भारतले कोशी व्यारेजका ५६ वटै ढोका खोलेको छ । कोशीमा एक लाख ५० हजार क्यूसेक बहाब पुग्दा नै खतरा मानिन्छ।
आइतबार बिहान ६ बजेको मापन अनुसार पानीको वहाव ३ लाख १६ हजार क्यूसेक पुगेको छ। पानी निरन्तर परिरहेकाले कोशीको शनिबार जलस्तर बढ्दोक्रममा रहेपनि आइतबार बिहानैदेखि घट्ने क्रममा रहेको कोशी ब्यारेज स्थित प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक इश्वरी दाहालले बताउनुभयो ।
सप्तकोशीमा पानीको बहाब खतराको सीमा नाघेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

No comments: