पर्सा असार २७ गते । समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रदीप यादवले बाढीका करण गाउँघरमा हुने क्षतिमा परेकालाई उद्धार गर्न राहत प्रदान गर्न पर्साका सिडियोलाई निर्देशन दिनुभएको छ ।
केही दिनदेखि परेको अविरल वर्षका कारण नदी नालाहरुका पानीको बहाव बढेको बताउँदै प्रतिनिधिसभा सदस्य यादवले त्यो पानीले जनतालाई सास्ती दिन लागेकाले त्यसलाई उद्धार गरि राहत प्रदान गर्न आफूले निर्देशन दिएको बताउनुभयो । पर्साको सिर्सीया, तिलावे, सिक्टा, भेडाहा लगाएतका नदीमा पानीको बहाव बढी रहेको र त्यसले जनतामा त्रास बढेको उहाँले बताउनुभयो ।
बाढीको कारण पहिला पनि ती नदीबाट जनतालाई असर पुर्याएको तर सरकारले ध्यान नदिएको कारण त्यहाँका जनता वर्षेनी क्षति व्यहोर्नु परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, सरकारलाई थाह छ कि प्रत्येक वर्षातमा मधेशमा बाढी आउँछन्, क्षति हुन्छ तर त्यसको पूर्व सावधानी अपनाएको कतै देखिएको हुँदैन । जब बाढी आउँछ अनि जनतालाई फकाउनका लागि राहत वितरण गर्न पुग्छ ।’
मधेशको बारेमा सरकारले बढीको विषयमा कुनै दीर्घकालिन योजना नल्याएको यसको समाधान नहुने बताउँदै उहाँले यस विषयमा आफूले संदनमा कुरा उठाउने बताउनुभयो । बाढीका कारण हुने जनधनको क्षतिका कारण जनता पनि सचेत रहनुपर्ने बताउँदै उहाँले जनतलाई उद्धार गर्ने काम जनताको रहेको बताउनुभयो ।

No comments: