काठमाडौ असार १७ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ ले टुगों लगाएको जिल्ला कमिटीलाई लिएर प्रदेशका जिल्लाहरुका विवाद शुरु भएको छ ।
प्रदेश २ कमिटीले पार्टीका सक्रिय कार्यकर्ता तथा नेताहरुलाई समितिमा नराखेर आफ्ना आसेपासेलाई जसले पार्टीमा खासै योगदान नदिएका व्यक्तिलाई जिल्ला समितिमा राखेको आरोप लगाएको छ ।
सिरहाका जिल्लाका नेकपाका नेताहरुले आज पत्रकार सम्मेलन गरि कमिटी गठन गरेको निर्णय सच्याउन माग गरेको छ । यदि समयमा त्यो निर्णय सच्याएन भने त्यसको विरुद्धमा आन्दोलन गर्ने चेतावनी पनि उहाँहरुले दिनुभएको छ ।
असार ११ गते प्रदेश २ का प्रदेश समिति सिरहा जिल्ला लगायत ६ वटा जिल्ला कमिटीका सदस्यहरुको नामावली सार्वजनिक गरिएको थियो ।
पार्टीको केन्द्रीय सचिवालयको परिपत्र, विगत एक वर्षदेखि भएको घनिभूत छलफलको निष्कर्ष, केन्द्रीय सदस्यहरुको परामर्श, सहमति र सुझावलाई वेवास्ता गर्दै स्वेच्छचारी ढंगले पदीय शक्तिलाई दुरुपयोग गरी मुलतः जनयुद्धकालिन कमरेडहरु, पुरानो तथा वरिष्ठ, सकृय, इमान्दर र अन्य पार्टीबाट एकता प्रकृयामा आउन’ भएका समाहित भएका नेताहरुलाई पखा लगाएको आरोप नेताहरुले लगाउनु भएको छ ।
पूर्वमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य महेन्द्र पासवान, केन्द्रीय सदस्य एवं प्रदेश २ का प्रदेशसभा सदस्य जगत यादवलगायत ५३ जना नेताले हस्ताक्षर गरि मंगलवार विज्ञप्ति जारी गरेको थियो ।
सो विज्ञप्तिमा भनिएको छ,–‘पार्टीको आन्तरिक गतिविधिमा समेत क्रियाशिल नरहेका आफ्ना नाता गोता र आसेपासेलाई विशेष प्राथमिकता दिइ जिल्ला सदस्यको छनौट गर्ने कार्यले क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा नै गम्भिर असर पर्ने र अनन्त पार्टि नै विघटन हुने स्थिति उत्पन्न हुने भएकोले प्रदेश समितिको उक्त निर्णय प्रति हामी घोर भत्र्साना गर्दछौं ।’
प्रदेशमा विरोध हुने डरले गोप्य रुपमा काठमाडौमा बैठक बसि प्रदेश कमिटीले निर्णय गरेको थियो । दुईचारजना बसेर आफू खुशी निर्णय गरेको उहाँहरुको आरोप छ ।

No comments: