» » नेपालमा भएको कचकचले लाग्नसक्छ भ्रमणमा ब्रेक

नेपालमा राजनीतिक सक्रमण कायम रहेको कारण भारत र चीनको उच्चस्तरीय भ्रमणमा ब्रेक लाग्ने भएको छ । केपी शर्मा अ‍ोली प्रधानमन्त्री भएपछि सो सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा भ्रमण वर्ष सफल पार्नका लागि उच्च स्तरीय भ्रमण गराउने घोषणा गर्नुभएको थियो तर उहाँले भनेपछि दुई आर्थिक वर्ष कटी सक्यो अर्को आर्थिक वर्ष शुरु हुन लागेको छ । तर कुनै उच्चस्तरीय भ्रमण भएको छैन ।


भारतका प्रधानमन्त्री नरेन्द्र जनकपुर हुँदै नेपालको भ्रमण गर्नुभएको थियो त्यसबाहेक अरु त्यस्तो कुनै उच्चस्तरीय भ्रमण भएको छैन । यद्यपी नेपाल सरकारले भारतका राष्ट्रपति रामनाथ कोविन्द प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सि जिनपिङलाई छुट्टा छुट्टै नेपालको भ्रमण गराउने तयारी गरेको थियो । दुवै देशलाई निमन्त्रणा पनि पठाएको थियो तर नेपालमा भइरहेको राजनीतिक उथल पुथर र आन्दोलनले गर्दा तत्कालका लागि दुवै देशल भ्रमण स्थगित गरेको स्रोतको दावी छ ।

नेपालमा यहाँ अहिले विप्लव समूहको आन्दोलनदेखि लिएर गुठी आन्दोलन लगायत लोकसेवा विरुद्धका आन्दोलन जारी रहेको छ । देश अझै स्थिर भएको छैन । तरकारीमा विषादीदेखि लिएर आइफा अवार्ड कार्यक्रम र क्लिनफिडको नीति बारेमा पनि नेपालमा बहस शुरु भएको छ । भारतप्रति नकारात्मक टिक्का टिप्पणी भइरहेको छ । त्यसले गर्दा भारतले पनि नेपालमा उच्चस्तरीय भ्रमण गर्ने सोच नबनाउन सक्छ एक परराष्ट्र विज्ञको टिप्पणी छ ।

 अर्को कुरा त्यसरी उच्चस्तरीय भ्रमण गराउने तयारीमा नेपाल गम्भीर नदेखिएको रिर्पोट पनि ती देश समक्ष पुगेको स्रोतको दावी छ । एकातिर विभिन्न खालको आन्दोलन र अर्कोतिर नेपाल सरकारको तयारी नपुगेको भन्दै दुवै देशले तत्कालका लागि नेपालको उच्चस्तरीय भ्रमण गर्ने स्थगित गरेको स्रोतको दावी छ । नेपालको भ्रमण हुन नसकेपछि  चिनियाँ राष्ट्रपति भारत भ्रमणमा जान लाग्नु भएको छ ।

भारतको उत्तर प्रदेश वणारसमा हुने कार्यक्रममा सहभागी हुनका लागि अक्टोवरमा जान लागेको स्रोतले दावी गरेको छ । 


लोकसभाको चुनाव सम्पन्न भइ भारतीय जनता पार्टी (भाजपा) को नेतृत्वमा सरकार गठन भइसकेको छ । नेपालको औचापरिक भ्रमणका लागि भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस.जयशंकरलाई छुट्टा छुट्टै निमन्त्रणा गइसकेको छ ।

 तर परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्याल र राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुली दुवैजनाले भ्रमणको बारेमा कुनै जानकारी नरहेको दावी गर्नुभएको छ । भारतीय दुतावासका प्रवक्ता अभिषेक दुवेदीले पनि आफूलाई यी भ्रमणको बारेमा कुनै जानकारी नरहेको बताउनुभएको छ । भारतीय राष्ट्रपति कोविन्दलाई नेपालको राष्ट्रपति कार्यालयबाट निमन्त्रणा गइसकेको छ ।


प्रधानमन्त्री मोदीले चुनाव जितेपछि एकपटक पशुपतिको दर्शन गर्ने इच्छा देखाउनु भएको छ । पशुपतिको यात्रा सिध्राको व्यपार जस्तै उहाँले पशुपतिका दर्शन गर्न आएपनि नेपालमा उच्चस्तरीय भेटघाट गर्ने तयारी रहेको बुझिएको छ ।

 उहाँ नेपाल भ्रमणमा आउँदा भारतको सहयोगमा तयारी भएको जयनगर–कुर्थासम्मको रेल सेवा र रक्सौलदेखि अमलेखगञ्जसम्मको पाइपलाइनको उद्घाटन गर्ने स्रोतले जनाएको छ ।
यी दुईटैको काम द्रुतगतिमा भइरहेको छ ।

भारतको तर्फबाट रेलका लागि हुने सबै काम भइसकेको छ, जे काम बाँकी छ त्यो नेपालकै तर्फबाट बाँकी रहेको छ ।

 नेपालले आफ्नै लगानीमा रेल चलाउने भनेको छ । रेलको डब्बा र इन्जिन किन्ने प्रकृया पनि शुरु गरिसकेको छ । रेल सुचारुमा समय लाग्ने भए पाइपलाईन उद्घाटन गर्न पनि मोदी आउने स्रोतको दावी छ तर नेपाल आउने मुख्य काम पशुपति दर्शन नै हो ।


मोदीको शपथग्रहणमा भारत गएको बेला प्रधानमन्त्री केपी शर्मा आलीले नेपाल भ्रमणका लागि निमन्त्रणा दिनुभएको थियो । त्यसपछि पनि मोदीलाई नेपाल भ्रमण गर्न आग्रह गरिएको छ ।

प्रधानमन्त्री अ‍ोलीले दिनु भएको निमन्त्रणाका आधारमा उहाँ नेपाल भ्रमण गर्ने प्रतिवद्धता जनाउनु भएको स्रोतले जनाएको छ ।
नेपाल–भारतको विदेश मन्त्रीस्तरीय बैठकका लागि उनले निमन्त्रणा पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

त्यो बैठकको कुनै मिति तय भएको छैन तर जुलाईको अन्तिम वा अगस्तको पहिलो हप्तासम्मको बैठक हुनसक्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको थियो तर नेपालको अवस्था हेरेर त्यो बैठक पनि स्थगित हुने स्रोतले दावी गरेको छ ।

एस.जयशंकर विदेश मन्त्रीको सपथ लिएपछि परराष्ट्र मन्त्री ज्ञवालीले पठाएको बधाईपत्रमा पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । तर उहाँ नेपाल नआएर पहिलो भ्रमण भुटानको गर्नुभएको थियो ।

यो विदेश मन्त्रीस्तरीय संयुक्त बैठक गत फागुन दोस्रो हप्ता नै बस्ने कुरा थियो । तर भारतमा चुनाव भएको कारणले बैठक स्थगित भएको थियो । संयुक्त बैठकको मिति चाँडै तोकेर मन्त्री जयशंकरको नेपाल भ्रमण गराउने परराष्ट्र मन्त्रालयको तयारी रहेको छ ।

असार ३ गते भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले विदेशी मन्त्रालयका सचिव विजय गोख्लेसँग भेटेर समय तय गर्न आग्रह गरेका थिए । यस विषयमा मन्त्री जयशंकरसँग कुरा गरेर जानकारी गराउने गोख्ले जवाफ दिएको बताइएको छ । परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुरेश अधिकारीले विदेश मन्त्रीस्तरीय संयुक्त बैठकका लागि एस.जयशंकर आउने कुरा भएको हो तर हालसम्म त्यसको कुनै टुगों नलागेको बताए ।

एस.जयशंकर मन्त्रीको शपथ लिएपछि बधाई पत्र पठाउँदा नेपाल भ्रमणका लागि भनि आग्रह गरिएको उहाँले बताउनुभयो ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..