» » रेशम चौधरीलाई नेल लगाउनेमाथि कार्यवाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं असार ८ गेत । राजपा नेता तथा सांसद रेशम चौधरीलाई नेल लगाएर नै उपचार गरिएको सार्वजनिक भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई नेल लगाएर उपचारका लागि अस्पतालमा लैजानेमाथि कारबाही गर्न निर्देशन दिनु भएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले नेल लगाएर उपचार गराउने लैजाने कार्यमा को–को संलग्न छन्, तिनलाई कारबाही गर्न मुख्यसचिवलाई फोन गरेर निर्देशन दिनुभएको जानकारी दिनुभयो ।

कैलाली टिकापुर घटनाका मुख्य दोषी रहेको ठहर जिल्ला अदालतले गरेपछि उहाँ जन्मकैदको सजाय काटीरहनु भएको छ । चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारका निम्ति वीर अस्पतालमा उपचार गराई रहनु भएको छ ।

उपचारकै क्रममा उहाँलाई नेल लगाइएको छ । त्यसलाई लिएर सरकारको आलोचना हुन थालेपछि प्रधानमन्त्री ओलीले त्यस्तो निर्देशन दिनुभएको हो ।

यसअघि पनि उनलाई कैलालीबाट उपचार गराउन काठमाडौ ल्याउँदा वीर अस्पतालमा उपचार गराउँदा नेल लगाएका थियो । त्यसबेला पनि सरकारको आलेचना भएको थियो । राजपा नेपालले त्यतिबेला पनि प्रधानमन्त्री ओलीलाई फोन गरेर चौधरीको नेल खोलाउन लगाएको थियो ।

रेशम चौधरीको खुट्टाबाट नेल खोलेकोमा राजपा नेपालका अध्यक्षमण्डलका संयोजक अनिल झाले प्रहरी महानिरिक्षक सर्वेन्द्रनाथ खनाल र कारागार प्रशासनलाई धन्यवाद दिनुभएको छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..