» » जनार्दन शर्माले भन्नुभयो, लोकसेवा आयोगका विज्ञापन सविधान विपरित

काठमाडौँ जेठ २४ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायीसमिति सदस्य एवं सांसद जनार्दन शर्माले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले गरेको विज्ञापन संविधान विपरीत भएको बताउनु भएको छ ।

उहाँले त्यसलाई स्थगीत गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिनुपर्ने माग समेत गर्नुभयो ।

नेता शर्माले लोकसेवाको विज्ञापन संविधान अनुसार नभएको र संविधान मिचेको धारणा राख्नुपर्ने बताउँदै यसरी विज्ञापन गरेर संविधानमाथि नै प्रहार भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, यो कुरा गर्दा निर्णय गर्नेहरुलाई चित्त दुख्ला । तर विषय चित्त दुख्ने र नदुख्ने भन्ने होइन ।’


संविधान मिच्ने काम भइरहेको बताउँदै उहाँले यस्तो क्रियाकलापले संवैधानिक अराजकता सिर्जना हुने बताउनुभयो । ‘यसैका कारण संवैधानिक आयोगकै विरोध हुन थालेको बताउँदै उहाँले संवैधानिक अराजकता भयो भने यसले राष्ट्रलाई संकटमा पर्न सक्ने बताउनुभयो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..