» » राजपाका विद्यार्थीद्धारा लोकसेवा कार्यालय घेराउ

महोत्तरी २३ गते । लोकसेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले महोत्तरीको जलेश्वरमा रहेको प्रदेश नम्बर २ को लोकसेवा आयोगको कार्यालय घेराउ गरेको छ ।

लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन समावेशी सिद्धान्त विपरीत रहेको भन्दै राजपा निकट राष्ट्रिय विद्यार्थी संघले सरकार र आयोग विरुद्ध नारावाजी गर्दै कार्यालय घेराउ गरेको राष्ट्रिय विद्यार्थी संघका महासचिव रंजित निस्पक्षले बताउनुभयो ।

लोकसेवा आयोगले जारी गरेको विज्ञापन तत्काल खारेज गर्न संघका अध्यक्ष ज्ञानेन्द्र झा ज्ञानुले माग गरे । लोकसेवा आयोगले असमावेशी  बिज्ञापन खारेज नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि दिएको छ ।

घेराउ कार्यक्रममा संघका नेता मनोज साह, दिनेश यादव, रोशन साह लगायतको उपस्थिति थियो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..