मिति २०७६।०२।२७ गते प्रेस विज्ञप्ति हालै केही दिन यता समाजवादी पार्टी, नेपाल र यसको नेतृत्वका बारेमा विभिन्न भ्रमात्मक टिका टिप्पणीहरु केही छापा एवं मिडियाहरुमा देखिन थालेको प्रति हाम्रो ध्यानाकर्षण भएको छ । सरकारमा जाने र छाड्ने राजनीतिक दलका लागि विशुद्व राजनीतिक र रणनीतिक सवाल हो । यस विषयलाई कसैको व्यक्तिगत सवालसँग जोडेर हेर्नु उपयुक्त हुदैन । समाजवादी पार्टी, नेपाल आफ्नो राजनीतिक दृष्टिकोणका आधारमा रणनीतिक र कार्यनीतिक विषयमा स्पष्ट छ । साथै पार्टीले उठाउँदै आएको संविधान संशोधनका लागि पनि पार्टी नेतृत्व उतिकै कटिवद्व छ । संघीयता र गणतन्त्रलाई अझै मजवूत वनाउन एवं मुलुकमा विद्यमान सबै प्रकारका विभेद, असमानता हटाउन र सामाजिक न्याय, सुशासन कायम गर्ने र सामाजिक रुपान्तरण गर्दै समुन्नत समाज निर्माण गर्ने आफ्नो मुख्य अभिष्ट बोकेको समाजवादी पार्टी, नेपाल प्रति कहिं कतै भ्रम र पुर्वाग्रह नराख्न हुन हामी सबैमा अपिल गर्दछौं । साथै पार्टी नेतृत्वमा पनि राजनीतिक सवाल र मुद्वाहरुमा कहीं कतै मतभेद वा कुनै किसिमको अलग–अलग धार नरहेको पनि स्पष्ट गर्न चाहन्छौं । प्रकाश अधिकारी उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख
Subscribe to:
Post Comments (Atom)
लोकप्रिय समाचार
-
काठमाडौं माघ ९ गते । नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहाल र र जनता समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा.बा...
-
काठमाडौं पुस २७ गते । जनता समाजवादी पार्टी नेपालले आज मधेशका तीनवटा शहर जनकपुर, नेपालगञ्ज र वीरगञ्जमा एकसाथ विरोधसभाको आयोजना गरेको छ । प्र...
-
-Tribhuvan Chandra Wagle (WRITER) Chamar was known as an untouchable Hindu caste, which is now classified as a Dalit under the schedul...

No comments: