» » लोकसेवा आयोगप्रति समाजवादी पार्टीको आपत्ति

काठमाडौ जेठ २१ गते । समाजवादी पार्टीले हालै लोकसेवा आयोगले स्थानीय तहका लागि भनेर करिव ९ हजार भन्दा वढी कर्मचारी भर्ना सम्बन्धि प्रकाशित गरेको विज्ञापन प्रति आपत्ति जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहका कर्मचारीको पदपूर्ति प्रदेश लोकसेवा आयोगबाट गरिने स्पष्ट व्यवस्था हुँदा हुँदै संघीय लोकसेवा आयोगले समानुपातिक र समावेशिता समेतको संवैधानिक र कानुनी दायरा भन्दा बाहिर गएर स्थानीय तहका कर्मचारी भर्ना गर्न लागेको भन्दै सो पार्टीले अपात्ति जनाएको छ ।

कानुन विपरित स्थानीय तहका लागि भनेर निकालिएको कर्मचारी भर्ना सम्बन्धि सूचना अविलम्ब फिर्ता लिएर संघीयताको भावना र मर्मलाई सुरक्षित गर्ने कार्यमा लोकसेवा आयोगले सहयोग पु¥याउन पनि समाजवादी पार्टीले अपिल गरेको छ ।

संविधान विपरित गैर कानुनी कार्यहरु रोक्न र कुनै पनि निकाय वा अंगहरुबाट त्यस प्रकारको कानुन विपरितका काम कार्वाही हुन नदिने तर्फका कदम चाल्नका लागि पनि समाजवादी पार्टी सरकारको ध्यानाकर्षण गराएको छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..