» » समाजवादी पार्टी, नेपाल आज दर्ता हुँदै

काठमाडौ जेठ ३० गते । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकीकरण भई बनेको समाजवादी पार्टी, नेपाल आज निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।

वैशाख २३ गते एकता घोषणा भएको समाजवादी पार्टी, नेपाललाई दर्ता गराउन आज निर्वाचन आयोग जाने पार्टीका उपमहासचिव प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

एकीकरणपछि प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा शीर्ष नेताहरु व्यस्त रहेका कारण पार्टी दर्ताका लागि ढिलाई भएको बताउँदै नेता अधिकारीले बताउनुभयो ।

एकीकृत पार्टीको झण्डा पूर्वफोरम नेपालकै हुनेछ भने चुनाव चिन्हपछि बुझाउने अधिकारीले बताउनुभयो । २५ जना पदाधिकारीसहित ४३० जना केन्द्रीय सदस्यको नामावली दिएर पार्टी दर्ता गराउने भएको छ ।

केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्षमा डा।बाबुराम भट्टराई रहनु भएको छ । 

वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्ष रकम चोम्जोङ, हेमराज राई, नवराज सुवेदी, पर्शुराम खापुङ, हिसिला यमी, युवराज कार्की, रेण्ुाकुमार यादव, लालबाबु राउत, महासचिव रनध्वज कन्दङ्वा, गंगानारायण श्रेष्ठ, रामसहाय यादव, उपमहासचिव दानबहादुर विश्वकर्मा, डम्बर खतिवडा, प्रकाश अधिकारी, सचिवहरुमा दुर्गा शोव, पर्शुराम बस्नेत, प्रशान्त सिंह, मोहम्मद इस्तियाक राई र कोषाध्यक्षमा विजयकुमार यादव रहनु भएको छ । 


About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..