» » विज्ञापन स्थगनको माग राख्दै विद्यार्थीहरुले बुझाए ज्ञापन

काठमाडौ जेठ २९ गते । विभिन्न ११ वटा विद्यार्थी संगठनले विज्ञान खारेजको आग्रह गर्दै लोकसेवा आयोगलाई ज्ञापनपत्र बुझाएको छ । संघीयता र समावेशीलाई समाप्त पार्ने उद्देश्यले आयोगले विज्ञापन निकालेको आरोप लगाउँदै जेठ १५ गते प्रकाशन गरेको विज्ञापन तत्काल स्थगन गरी संविधानमा उल्लेख भए बमोजिम अर्को विज्ञापन गर्न संयुक्त विद्यार्थी संगठनले जोडदार माग गरेको छ ।

जनयूद्ध, २०६२÷०६३ को जन–आन्दोलन, मधेश जनविद्रोह, आदिवासी जनजाती आन्दोलन, थारु आन्दोलन र बलिदान पश्चात प्राप्तभएको समानुपातिक समावेशीताको आधारमा निजामति सेवामा आरक्षणको व्यवस्था मार्फत प्रवेश पाउने अधिकारलाई संविधानमा ग्यारेन्टी गरी निजामति ऐन मार्फत विगत केही वर्षदेखि लागु हुँदै आएकोमा संघीयता र समावेशीतालाई समाप्त पार्ने षडयन्त्र स्वरुप लोकसेवा आयोगद्वारा गरिएको नयाँ मापदण्ड अनुसारको नयाँ विज्ञापन र विज्ञापनको पद्धतीले मुलुकलाई पश्चगमनतिर धकेल्न खोजेको विद्यार्थीहरुले दावी गरेको छ ।

संविधानको धारा ४२ मा सामाजिक न्यायको हक सुनिश्चित गर्दै आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका वर्गहरुको लागि समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायहरुमा सहभागिताको हक हुने व्यवस्था रहेको ज्ञापनपत्रमा उल्लेख गदैै संविधानको धारा २२१ मा स्थानिय तहको व्यवस्थापिकीय अधिकार, धारा २२६ मा गाउँसभा र नगरसभाले कानुन बनाउन सक्ने विषय, धारा २२७ मा गाउँसभा र नगरसभा ससम्बन्धी अन्य व्यवस्था अन्तर्गत प्रदेश कानुन बमोजिम गाउँपालिका र नगरपालिकाको कर्मचारी व्यवस्थापन हुने र स्थानिय सरकार संचालन ऐन, २०७४ को दफा ८३ मा प्रशासकीय संगठन र कर्मचारी दरवन्दी सम्बन्धी उपदफा (१) ले गाउँपालिका तथा नगरपालिकाको आफ्नो कार्यवोझ, राजस्व क्षमता, खर्चको आकार, स्थानिय आवश्यकता र विशिष्टता समेतलाई ध्यानमा राखी कर्मचारी समायोजन भएपछि मात्र संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा संगठन संरचना कायम गर्ने व्यवस्था स्पष्ट रुपमा राखिएको आयोगले स्थानिय तहको विभिन्न पदहरुको लागि प्रकाशन गरेको विज्ञापन संविधानको मर्म र भावना अनुरुप नदेखिएकोले दावी गरिएको  छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..