» » डोभलको दोस्रो ‘इनिङ’

भारतीय ‘रअ’ को अफिसरका रुपमा धमाल मचाएका अजित डोभल रिटायर्ड भएपनि उहाँले धमाल मचाउँदै आउनु भएको छ । सन् २०१४ को चुनावमा पहिलो पटक प्रधानमन्त्री बन्नुभएका नरेन्द्र मोदीले डोभलमाथि विश्वास गरेर आफ्नो सुरक्षा सल्लाहकारमा पाँच वर्षका लागि नियुक्त गर्नुभएको थियो । दोस्रो कार्यकाल प्रधानमन्त्री हुँदा पनि मोदीले डोभललाई नै रोज्नु भएको छ ।

 पहिलो कार्यकाललाई सफल बनाउनमा निकै महत्वपूर्ण भूमिका खेल्नु भएका अजित डोभल यसपटक झन शक्तिशाली भएर मोदीको सल्लाहकारका आउनु भएको छ । प्रधानमन्त्री मोदीले मन्त्रीस्तरीय भूमिकामा उहाँलाई पाँच वर्षका लागि पुनः नियुक्त गर्नुभयो ।
पाकिस्तानको बालाकोटमा जैश–ए–मोहम्मदको ठेगानामा एयर स्ट्राइक उहाँकै निगरानीमा भएको थियो ।

एयर स्ट्राइक गर्ने सम्पूर्ण योजना बनाउने डोभलले त्यसको सम्पूर्ण जानकारी प्रधानमन्त्री मोदीलाई दिइरहनु भएको थियो । सन् २०१६ मा पनि पाकिस्तानमा माथि भएको सर्जिकल स्ट्राइकमा डोभलको भूमिका महत्वपूर्ण थियो ।

सन् १९६८ बाट आइपीएसको रुपमा काम गरेका उनी सन् १९७२ मा इन्टलेजेन्सी ब्युरोमा काम शुरु गर्नुभएको थियो । धेरै समय जासुसको रुपमा बिताउनु भएका डोभल सात वर्षसम्म मुसलमान भएर पाकिस्तानमा ‘रअ’ का लागि काम गर्नुभएको थियो ।

उहाँ प्रधानमन्त्री मोदीको सुरक्षा सल्लाहकार बसि सकेपछि पाकिस्तानमाथि दुईपटक सर्जिकल स्ट्राइक उनकै निगरानीमा भएको र भारत सरकारले त्यसलाई सफलताको रुपमा लिएको छ । भारत सरकारमा सबभन्दा शाक्तिशाली अजित डोभललाई नै मानिन्छ । प्रधानमन्त्री मोदीले हरेक निर्णय लिनुभन्दा पहिले एकपटक डोभलसँग सल्लाह लिनेको गरेको बताइन्छ ।


यसअघि सुरक्षा सल्लाहका साथ साथै सरकारको रणनीतिक नीति समूहका सचिव समेत बनाएका थिए उहाँलाई । र, उहाँ त्यसमा धेरै हदसम्म सफल रहनुभयो । यद्यपी डोभलमा सुरक्षा रणनीतिको बारेमा जति जानकारी छ त्यति विदेशी कुटनीतिकको बारेमा जानकारी नरहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । यसअघि उहाँसँग भारतका प्रधानमन्त्री मोदीले सुरक्षाको साथ साथै विदेशी कुटनीतिको विषयमा पनि छलफल गर्नुहुन्थ्यो । तर उहाँ विदेशी कुटनीतिमा दिएको सुझावमा धेरै हदसम्म सफल नभएको भारतीय पक्षका जानकारहरु बताउँछन् ।


त्यसको उदाहारण नेपाललाई लिन सकिन्छ । शुरुदेखि नै प्रधानमन्त्री मोदी नेपालको कुटनीतिक सम्बन्धमा अजित डोभलसँग सल्लाह लिँदै आउनुभएको थियो । र, उहाँकै सल्लाह अनुसार प्रधामन्त्री मोदीले नेपालसँग व्यवहार गरेको जानकारहरुको दावी छ । नेपालबाट जाने उच्च डेलिगेशनहरु पहिला डोभलसँग ठोकिनै पथ्र्यो । पहिलो भेट उसैसँग गर्नुपथ्र्यो त्यसपछि मात्र प्रधानमन्त्री मोदीसँग हुन्थ्यो ।

कतिपय अवस्थामा त प्रधानमन्त्री मोदीलाई भेट्न गएका व्यक्ति डोभलसँग भेटेर फर्किनु पथ्र्यो । सविधान निर्माण, नाकाबन्दी लगायतका विषयमा प्रधानमन्त्री मोदीले डोभलसँग गम्भीर छलफल गर्नुभएको थियो । त्यसका चुकेको भारतीय थिंक ट्यांकहरु बताउँछन् ।

तत्कलिन फोरम नेपाल र राजपा नेपालबीच एकता प्रकृया शुरु हुनुमा डोभलकै करामत रहेको छ । विभिन्न ६ वटा मधेशी दल (तमलोपा, सद्भावना पार्टी, संघीय सद्भावना, फोरम गणतान्त्रिक, तमसपा, रामसपा) दललाई मिलाउने काम पनि उहाँकै पहलमा भएको थियो ।

ती दलहरु मिलेर राष्ट्रिय जनता पार्टी, नेपाल बनेको थियो । पछिल्लो समय फोरम र राजपा नेपालबीच पनि एकीकरणका लागि वार्ता शुरु भएको थियो । त्यो पनि अजित डोभलको प्रयासमा भएको थियो । फोरम नेपाल र नयाँ शक्ति नेपाल मिलन भएर बनेको समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणका लागि जोडतोडले छलफल भइरहेको छ । यो पनि अजित डोभलकै देन हो । भारतले चाहन्छ कि मधेशमा एउटा ठूलो शक्ति बनोस् ।


 कमजोर शक्तिले अधिकार प्राप्त हुँदैन त्यसका लागि बलियो नै हुनुपर्छ भन्दै भारतले अहिले मधेशवादी दललाई एकीकरण गराएर बलियो बनाउन लागेको छ ।


समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव २०७५ असोजमा स्वास्थ्यसँग सम्बन्धित एक कार्यक्रममा भाग लिन भारत जानु भएको बेला अजित डोभललाई भेट्नु भएको थियो । त्यहाँ डोभलले एकीकरणका लािग अध्यक्ष यादवलाई दवाव दिएका थिए । उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहनु भएका यादवले एकीकरणका लागि तयार भएपछि डोभलले त्यहीबाट राजपा नेपालका तत्कालिन अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरलाई फोन गर्नु भएको थियो ।


उपेन्द्र यादव एकीकरणका लागि तयार हुनुभएको छ । अब तपाईहरु पनि त्यसको तयारीमा लाग्नुस् सन्देश दिएपछि उपेन्द्र यादव नेपाल फर्किने वित्तिकै वार्ताका प्रकृया अगाडि बढाउनु भएको यिो । उपेन्द्र यादवले महन्थ ठाकुर र राजेन्द्र महतोसँग भेटेपछि पार्टीबाट एकीकरणको अधिकारिक निर्णय गर्दै वार्ता समिति गठन गर्नुभएको थियो । र, सोही वार्ता समितिबाट राजपा नेपाललाई पत्र पठाउने काम गर्नुभएको थियो ।


सुशिल कोइराला प्रधानमन्त्री भएको तत्कालिन परराष्ट्रमन्त्री कमल थापा पटक पटक भारत जानु भएको थियो । जतिपटक भारत जाँदा उनै डोभलसँग वार्ता गरेर फर्किनु हुन्थ्यो । त्यतिबेला भारतको तर्फबाट आएका चार बुँदे सुझावका डिजाइनर डोभल नै हुनुहुन्थ्यो ।

नेपालमा अहिले जुन एस जयशंकरको यत्रो चर्चा छ, नेपालमा सविधान घोषणाको मिति सार्न दवाव दिन डोभलकै सल्लाहमा जयशंकर नेपाल आउनु भएको थियो ।


पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उहाँले पहिलो भ्रमण चीनबाट गर्ने सोच बनाउनु भएको थियो । सविधान निर्माणमा भारतको अनावश्यक दवाव र नाकाबन्दी लगायतको विषयमा भारतसँग सम्बन्ध विग्रि सकेको अवस्थामा उहाँ चीनसँगको सम्बन्धलाई बलियो बनाउनका लागि चीन भ्रमणमा जाने तयार गरिरहनु भएको थियो ।

त्यो भ्रमणमो चाँजो पाँजो मिलाउन तत्कालिन परराष्ट्रमन्त्री कमल थापा चीन पनि जानुभएको थियो । यो कुरा थाह पाएर भारतबाट तत्कालिन विदेश मन्त्री सुष्मा स्वराज र सुरक्षा सल्लाहकार डोभल सुशिल कोइरालाको मृत्युको बहानामा नेपाल आउनु भएको थियो । उहाँ नेपाल आउने वित्तिकै वालुवाटार गएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्नुभएको थियो ।


त्यति मात्र होइन, फागुनमा भारत भ्रमण गरेर फर्किनु भएका प्रधानमन्त्री अ‍ोली चैत ७ गते चीन भ्रमणमा जाने तयारी गरिरहनु भएको बेला तत्कालिन विदेश सचिव एस. जयशंकर र सल्लाहकार डोभल नेपाल आउनु भएको थियो । त्यतिबेला तत्कलिन मधेशी मोर्चाले अ‍ोलीले चीनको भ्रमण गर्न लागेको विरोधमा र्याली पनि निकाल्ने, मसाल बाल्ने निर्णय गरेको थियो । त्यही छलफलबाट नाकाबन्दी लगायत मधेशको आन्दोलन फिर्ता लिन लगाउने भारतको भ्रमण गर्ने योजना बनेको थियो । र, ओलीले चीनको भ्रमण स्थगित गरेर भारतको भ्रमण गर्ने तयारीमा लाग्नु भएको थियो ।


भारतभित्र माओवादीविरोधी छवि बनाउ भएका डोभल हिन्दुत्ववादी अनुसन्धान संस्था विवेकानन्द फाउन्डेशनका प्रमुख पनि रहिसकेका व्यक्ति हुनुहुन्छ ।

त्यति मात्र होइन, सन् १९९९ मा काठमाडौबाट इण्डियन एयरलाइन्स अपहरण हुँदा त्यसको मुख्य वार्ताकार डोभल नै हुनुहुन्थ्यो । नेपालबाट हवाई जहाज अपरण भएका कारण सुरक्षा रणनीतिको रुपमा नेपाललाई कडा दृष्टिले हेर्नुपर्ने सुझाव डोभलकै छ । नेपाली एयरपोर्टमा एयरफोर्स राख्नुपर्ने जस्ता सुझाव उहाँकै योजनामा पर्छ ।

 नियुक्ति पाउने वित्तिकै भारतीय गृहमन्त्री अमित शाहले बैशाख २० गते  डोभलसँग सुरक्षा रणनीतिको बारेमा लामो छलफल गर्नुभएको थियो ।
यसैबीच, भाजपाका लागि नराम्रो समाचार बाहिर आएको छ । यदि यो समाचार सत्य हो भने मोदीका लागि ठूलो धक्का हो । राजनीतिका रणनीतिकार प्रशान्त किशोर भारतीय तृमल काँग्रेसकी अध्यक्ष ममता बेनर्जीसँग भेटेपछि भारतीय राजनीतिमा चर्चाका विषय बनेको छ ।


आफ्नो राजनीति रणनीतिले कतिपय नेतालाई सत्ताको कुर्सीसम्म पुर्याउन सफल भएका प्रशान्त किशोर ममता बेनर्जिको रणनीतिकार बन्ने लगभग पक्का भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
विहारका मुख्यमन्त्री नीतिश कुमार अध्यक्ष जनता दल युनाईटेडको उपाध्यक्ष समेत रहेका प्रशान्त ममता बेनर्जीको रणनीतिकार बन्नुभएको छ । सन् २०२१ मा बंगालमा विधानसभाको चुनाव हुँदैछ, त्यसैको तयारीमा उनी ममता बनर्जिको साथमा जानुभएको हो । सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनाउन सफल प्रशान्त सिंह सन् २०१२ मा नरेन्द्र मोदीका लागि गजरातमा काम गर्नुभएको थियो । र, उहाँले त्यहाँ पनि सफलता हात पारेपछि मोदी गुजरातका मुख्यमन्त्री बन्नु भएको थियो ।

प्रशान्तले सन् २०१५ मा निशित कुमारका लागि काम गर्नुभएको थियो । र उहाँ त्यहाँ पनि सफलता हासिल गर्नुभएको थियो । र, चुनावमा सफलता हासिल गरेपछि नीतिश कुमार विहारको मुख्यमन्त्री बन्नु भएको थियो । । नीतिशकुमार मुख्यमन्त्री भएपछि प्रशान्तलाई सल्लाहकारमा राख्नु भएको । र उहाँलाई मन्त्रीस्तरीय सुविधा दिएका थियो ।


हुँदा हुँदै उहाँ सन् २०१८ मा जनता दल युनाइटेडमै प्रवेश गर्नुभयो । हालै आन्ध्रप्रदेशमा सम्पन्न लोकसभा र विधानसभा चुनावका लागि प्रशान्तले वाइएसआर काँग्रेसका नेता जगमोहन रेडीका लागि काम गर्नुभएको थियो । र, उहाँले त्यहाँ पनि सफलता हात पारे र रेडी मुख्यमन्त्री बन्न सफल हुनुभयो । प्रशान्तले रेडिका लागि डेढ वर्षभन्दा पहिलेदेखि काम शुरु गर्नुभएको थियो ।

 लोकसभा चुनावमा बंगालमा भाजपाले तृमुलको शक्तिलाई कमजोर गरेपछि ममता बेनर्जी प्रशान्तको सहयोग लिन थाल्नुभयो । विधानसभाका लागि भाजपाले पनि त्यहाँ आफ्नो तयारी शुरु गरिसकेको छ ।


लोकसभा चुनावमा भाजपाले त्यहाँ ४२ सीटमध्ये १८ सीटमा सफलता हात पार्यो । जबकि सन् २०१४ मा भाजपाले २ वटा सीट मात्र हात पारेको थियो । प्रशान्तले ममता बेनर्जीसँग हात मिलाएपछि भाजपालाई टाउको दुखाई भएको छ । पटक पटक भाजपाका लागि काम गरेका प्रशान्त ममताका लागि काम गरेपछि पक्कै पनि भाजपालाई असर गर्ने विश्लेषण भइरहेको छ ।


यसैपनि अहिले जेडयु र भाजपाको सम्बन्ध राम्रो गइरहेको छैन । लोकसभा चुनावमा एउटै गठबन्धनबाट चुनाव लडेका भाजपा र जेडयुबीच मन्त्रीमण्डल गठन भएको विषयलाई लफडा भएको छ । भाजपाले एउटा मन्त्रालय दिएपछि नीतिश कुमारले आफ्नो पार्टीको तर्फबाट मन्त्री पठाएनन् । र, यही बेला सो दलका एकजना नेता रणनीतिकार तृमुलका ममता बेनर्जीसँग हात मिलाएपछि भाजपा तर्सेको छ ।

नेपालमा छट्पटी
पूर्व भारतीय विदेश सचिव एस.जयशंकर विदेश मन्त्री भएपछि भारत भन्दा बढी नेपालमा उहाँको चर्चा भइरहेको छ । जयशंकर विदेश मन्त्री भएपछि नेपालसँगको सम्बन्धमा केही असर पर्ने धेरैले आँकलन गरेको छ । एस.जयशंकर विदेश मन्त्री भएपछि नेपालको कुटनीतिमा कुनै असर पर्दैनन् । नेपालमा बेकारमा हल्ला फैलाएको हो, एकजना विदेश मामिला जानकारको भनाई हो ।

तिबेला सरकारको नीति अनुसार एस.जयशंकर नेपाल आएका थिए, भारतले जे कुरा गर्न भनेको थियो त्यो कुरा गरेका थिए, अहिले पनि भारतको नीतिमा भर पर्छ, विदेश मन्त्रीले मात्र भनेर कोही हुँदैन भन्दै ती जानकारले नेपालप्रति भारतको नीतिमा तत्कालै कुनै फरक नहुने दावी गर्नुभयो ।


खासगरि जयशंकार विदेश सचिव रहेको बेला नेपाल आउँदा तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नै विशेष खटपट भएको थियो । संयोगले केपी शर्मा ओली नेपालका प्रधानमन्त्री बन्नुभएको छ ।

त्यही भएर धेरैले आँकलन गरेका छन् कि अगामी दिनमा भारतले नेपालसँगको सम्बन्ध बारेमा आफ्नो नीति कडा पार्नेछन् । २०७२ सालमा सविधान निर्माण गर्ने बेलामा प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुत भएर एस.जयशंकर असोज १ गते नेपाल आउनुभएको थियो ।

 नेपाल आए लगतै उहाँ सिधै एयरपोर्टबाट बालकोटस्थित तत्कालिन एमालेका अध्यक्ष केपी शर्मा ओलीका निवास पुग्नुभएको थियो । 


त्यहाँ पुगेर एस.जयशंकरले सिधै भन्नुभएको थियो, सविधान निर्माण कार्यलाई रोकेर असन्तुष्टिहरु सम्बोधन गर्नु पर्यो । त्यसपछि अ‍ोलीले कडा रुपमा प्रस्तुत हुँदै भनेका थिए, इटस् टु लेट । सधिवान निर्माण कार्यलाई स्थगित गर्न अ‍ोलीले कुनै पनि हालतमा मान्न तयार भएका थिएन ।


राजदूत रन्जित राय, दुतावासमा तत्कालिन डिसिएम विनयकुमार, एमालेका नेता अग्नी खरेल, विष्णु पौडेलको सामु कुरा हुँदा केपी ओली नगल्दा दुवैजनाको बीचमा वान टु वान छलफल पनि भएको थियो । त्यहाँ पनि अ‍ोलीले सविधान निर्माणलाई कुनै पनि हालतमा नरोक्ने भन्नुभएको थियो । त्यसपछि एस.जयशंकार तम्सिएर त्यहाँबाट निस्किनु भएको थियो । 


त्यसपछि उहाँ सिधै तत्कालिन एमाओवादीका अध्यक्ष प्रचण्डलाई भेट्न लाजिम्पाटस्थित निवासमा जानु भएको थियो । त्यहाँ डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पनि उपस्थित हुनु हुन्थ्यो । त्यहाँ ओली भन्दा अलि भद्र र शालिन तरिकाले छलफल भएको थियो । अध्यक्ष प्रचण्डले एस.जयशंकरको कुरा सिधै नस्वीकारे पनि यस विषयमा पार्टीमा छलफल गर्ने भनि आश्वासन दिनुभएको थियो ।


त्यसपछि उहाँ तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालालाई भेटेका थिए । ओली भन्दा प्रचण्ड र प्रचण्ड भन्दा सुशिल कोइराला अलि भारतप्रति सकारात्मक हुनुहुन्थ्यो । उहाँले पनि साथीहरुसँग सल्लाह गरेर कुरा गर्ने भनेर उहाँलाई फर्काउनु भएको थियो । त्यसपछि डा.रामबरण यादवलाई भेट्न शितल निवास पुग्नुभएको थियो । त्यहाँ पनि उहाँले राजनीतिक दलका नेताहरुसँग गरेको कुराकानीलाई दोहोर्याउनु भएको थियो । त्यसमा राष्ट्रपति रामवरण यादवले यस विषयमा राजनीतिक दलसँग कुराकानी गर्नुपर्ने जवाफ फर्काउनु भएको थियो । 
त्यतिबेला तत्कालिन मधेशी मोर्चा आन्दोलन गरिरहेको थियो । एस.जयशंकरको आग्रहमा तत्कालिन काँग्रेस नेतृत्व सरकारले दुई दिनका लागि सविधान निर्माण कार्यलाई स्थगित गर्नुभएको थियो । आन्दोलनकारी मधेशी मोर्चालाई वार्ताका लागि आह्वान गर्नुभएको थियो । तर त्यो दुई दिनमा वार्ता समेत हुन सकेका थिएन । वार्ता नभएपछि सविधान प्रकृयालाई अगाडि बढाएको थियो र असोज ३ गते सविधान जारी गरेको थियो ।


हुन त एस.जयशंकर आउनु भन्दा पहिले पनि भारतले आन्दोलनकारी तथा असन्तुष्ट पक्षको भावनालाई समेट्न पटक पटक आग्रह गरेको थियो ।

२०७२ भदौ २५ गते बिहान प्रमुख तीन दलका नेताहरू बालुवाटारमा भेला सविधान निर्माण कार्यलाई टुगों लगाउने निर्णय गर्न लाग्दा तत्कालिन भारतीय राजदूत रन्जित रायले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालालाई बालुवाटारमै, तत्कालिन एमालेका अध्यक्ष ओलीलाई बालकोट निवास र बालुवाटार पुगिसकेका तत्कालिन एमाओवादीका प्रचण्डलाई लाजिम्पाट निवासमै फर्काएर दिल्लीको चारबुँदे सन्देश सुनाउनु भएको थियो । राजदुत रायले सोही क्रममा तत्कालिन राष्ट्रपति डा.रामवरण यादव र तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई पनि भेट्नु भएको थियो । 


त्यसमा भारत धर्मनिरपेक्षताका पक्षमा नरहेको, मधेशको आन्दोलनलाई सम्बोधन गर्न संविधानसभाको प्रक्रिया रोक्नुपर्ने लागयतका कुरा उल्लेख थियो । तर यी चार बुँदे सम्झौता मान्न त्यतिबेला कोही तयार भएन । अनि त्यसको लगतै तत्कालिन राजदूत राय दिल्ली पुगेर ब्रिफिङ गरेपछि प्रधानमन्त्री मोदीको विशेष दुत भएर एस.जयशंकर नेपाल आउनु भएको थियो । 


तत्कालिन राजदुत राय दिल्ली गएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, तत्कालीन विदेश सचिव एस जयशंकरलाई नेपालका राजनीतिक घटनाक्रमलाई वर्णन गर्नुभएको थियो । प्रमुख दलका नेताहरुलाई जयशंकरले भेटिसकेपछि त्यही दिन साँझ मधेशी नेताहरुलाई भेटेका थिए । त्यसमा मधेशवादी दलका नेता सहित काँग्रेस, तत्कालिन एमाले र माओवादीका मधेशी नेतालाई पनि सहभागी बोलाएको थियो । त्यो बैठकमा सहभागी एक नेताका अनुसार एस.जयशंकर त्यहाँ पनि प्रधानमन्त्री केपी ओली प्रति आक्रोश पोख्नु भएको थियो ।


 
उहाँले त्यहाँ भन्नु भएको थियो, अहिले हामीले सल्लाह दिँदा हाम्रो कुरा नसुन्ने । यो सविधानलाई हामीले समर्थन नगरे पछि विश्वमा के सन्देश जान्छ ।’ भारतको सल्लाह नमानेको कारण यसको परिणाम नराम्रो हुने कुरा जय शंकरले भन्नुभएको थियो नभन्दै उहाँ भारत फर्केपछि नाकाबन्दी शुरु भएको थियो । मधेशवादी दलले शुरु गरेको आन्दालनको कारण सीमा नाका अवरुद्ध भएको थियो त्यसमा भारतले पनि सहयोग पुर्याएको दावी नेपाल पक्षको रहेको छ । यद्यपी भारतले त्यो नाकाबन्दी आफ्नो पक्षबाट नलागेको भन्दै आएको छ । अहिले आएर त झन भारतले त्यसमा कुरा नै गर्न चाहदैनन् । वितेको कुरामा बहस नगरौं भारतका अधिकारीहरु भन्नुहुन्छ ।

About SAHARA TIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..