» » सांसदको गाउँमा पानी हाहाकार

लहान जेठ २३ गते । नेपाली कांग्रेसका सांसद प्रदिप गिरीकै गाँउ लहान १३ सरस्वतीमा फागुनदेखि साउनसम्म ६ महिना खानेपानीको हाहाकार वर्षौदेखि हुने गरेको छ |

विभिन्न बजेटबाट बोर्डिंग गरेर मोटर जडान गरी पानीको व्यवस्था त गरिसकेका छन् तर गरीव दलित वस्तीमा पानीको हाहाकार देखिएको छ | स्थानीय उपेन्द्र यादवको दुखेसो रहेको छ | उहाँको अनुसार लहान नगरपालिका प्रमुख मुनि साहले १० घर परिवारको लागि एउटा इनारको लागि एक लाख ५८ हजारको कार्यआदेश दिएकोमा अब समस्या टर्ला जस्तो देखिएको छ तर भरपर्दो इनारभन्दा बोर्डिंग नै होला उहाँको सुझाब रहेको छ |

हाम्रो समस्यामा वडाध्यक्ष ईश्वर बाहादुर बस्नेतले समेत चासो राखेर समस्यामा लाग्नुपरयो संसदकोषबाट हुने ठूलो बोर्डिंग यस्तो ठाँउमा होस ताकि सबैले पानी खान पाउन अर्का स्थानीय सियाराम यादवको बुझाइ रहेको छ |

५ वर्ष अगाडिदेखि संचालनमा रहेको धारा नियमित संचालन भए तत्कालै समस्या त नहुने देखिएपनि यस्तो चर्को गर्मीमा पानीको लागि तडपीरहेको वेला चार दिनदेखि धारामा पानी नआएर ठूलो समस्या देखिएको स्थानीयवासीको पीडा रहेको छ | व

वस्नेत भन्नुहुन्छ - विजुलीको समस्याले धारा नआएको हो विहिवार मर्मत संभार भएको छ ,शुक्रबार विहानैदेखि धारा नियमित संचालन हुनेछ |  समस्या त्यतिमात्रै छैन लहान १० ११ १४ र १३ वडा हुँदै जाने सडकमा माटो खनेर खाल्डो दुबैतिर पारेर ठेकेदार कानमा तेल हालेर मस्त निन्द्रामा सुतेकोले वर्षाको वेला हिलो हुने र गर्मीमा धुलो खाएर जनता हैरान भएका छन् तर सडक निर्माणको सुरसार नदेखिदा जनमनमा आक्रोस देखिका छ ।

 जवसम्म स्थानीयहरुले मुख खोल्दैनौ चासो लिदैनौ तवसम्म न त ठेकेदार सक्रिय हुनेछ न त जनप्रतिनिधि नै सक्रिय हुनेछ |

  

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..