» » उपेन्द्र यादवले भन्नुभयो, कम्युनिस्टको बीउ पनि बाँकी रहदैन

बुटवल जेठ १७ गते । उपप्रधान एवं स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादवले कम्युनिस्ट नसुध्रिए नेपालमा त्यसको बीउ पनि बाँकी नरहेको टिप्पणी गर्नुभएको छ ।

वर्तमान सरकारको नेतृत्व कम्यनिस्ट पार्टीले गरिरहेको छ, त्यस सरकारमा भ्रष्टाचार, अनियमितता र विभेद मौलाएको बताउँदै उहाँले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार नसुध्रिए नेपालमा समाप्त हुने बताउनुभयो । समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहनु भएका मन्त्री यादवले भन्नुभयो, कम्युनिस्टहरुका लागि अग्नि परीक्षा समय हो ।’

संसारभरिबाट कम्युनिस्टहरु बढारिएको र भारतमा हालै सम्पन्न चुनावमा बीउ पनि नरहेको उदाहरण दिदै मन्त्री यादवले यादवले भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार र विभेदमा परेकालाई न्याय दिन नसके नेपालमा पनि कम्युनिस्ट इतिहासमै सीमित हुने दावी गर्नुभयो ।


भैरहवामा शुक्रबार पत्रकारसँग कुरा गर्दै उहाँले संविधान संशोधन गर्ने बेला आइसकेको छ तर सरकारलाई नेतृत्व गरेको दलले त्यसप्रति कुनै सुनुवाई नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, सविधान संशोधन एन भने यथास्थितिमा मुलुक अघि बढ्दैन ।’  ‘हाम्रो पार्टी संविधान संशोधन र विभेदमा परेका वर्ग समुदायलाई न्याय दिने शर्तमा सरकारमा सहभागी भएको हो,’ मन्त्री यादवले भन्नुभयो,  ‘अहिलेसम्म यी दुई माग सम्बोधन भएका छैनन्, अब बेला आइसकेको छ,नगर्ने हो भने मुलुक अघि बढ्न सक्दैन ।’

सविधान संशोधनका लागि नै आफ्नो पार्टीले वर्तमान सरकारलाई समर्थन गरेको बताउँदै उहाँले संघीयतालाई बलियो बनाउन र संस्थागत गर्न ठूलो चुनौती रहेको भन्दै प्रदेशहरुलाई राजनीतिक, आर्थिक र साधनस्रोतले सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

..