» » प्रधानी ओली दिल्ली जाँदै, दिल्लीमा अ‍ोलीको के के छ कार्यक्रम ?


काठमाडौ जेठ १६ गते ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुनका लागि प्रधानमन्त्री केपी शर्मा ओली दिल्ली जान लाग्नु भएको हो ।

ओली आज १ः३५ को नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली पुग्नुहुन्छ । प्रधानमन्त्रीसँगै दिल्ली जाने नेपाली टोलीमा परराष्ट्र सचिव शंकरदास बैरागीसहित पन्ध्र जना उच्च अधिकारीहरू रहनु हुनेछ । प्रम ओली शुक्रबार ३ः४० को निगमकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ । ओली डिप्लोमेटिक इन्कलेभस्थित होटल ताज प्यालेसमा बस्नुहुनेछ ।
शपथग्रहणको भोलिपल्ट अर्थात् शुक्रबार हैदरावाद हाउसमा मोदी र ओलीबीच भेट हुने जनाइएको छ ।

अत्यन्त छोटो समय भएकाले द्विपक्षीय भेटमा कुनै मुद्दा विशेषमा भन्दा पनि द्विपक्षीय हित र सम्बन्धमा सामान्य छलफल हुने बताइएको छ । केपी ओलीले नरेन्द्र मोदीलाई नेपाल भ्रमणको लागि निम्तो दिने बताइएको छ । ‘भारतीय प्रधानमन्त्रीलाई औपचारिक बधाई दिने र दुई मुलुकबीचको सम्बन्ध र दुईपक्षीय विषयमा सामान्य छलफल हुनेछ ।

भारतीय पक्षले पनि द्विपक्षीय मुद्दालाई नउठाउन बताइएको छ । र, नेपाललाई पनि त्यस विषयमा कुनै कुरा नराख्न सुझाव दिएको बताइएको छ ।  ‘शिष्टाचार भेटमात्र हुनेछ ।  यो भेटले नेपाल र भारतको राजनीतिक तहमा कायम रहेको सम्बन्ध झन बलियो हुने बताइएको छ ।

शुक्रबारको भेटमा निम्तोको औपचारिकतामात्र पूरा गरिनेछ । त्यसो त छिमेकमा हुने राजनीतिक परिवर्तनपछि आउने राजनीतिक नेतृत्वलाई बधाई दिने क्रममा नेपाल भ्रमणको निम्तो गर्ने विगतदेखिको परम्परा हो ।

 त्यसपछि भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग संक्षिप्त भेट हुनेछ । भारतले यसपटक मोदीको शपथग्रहणमा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रहरूलाई निम्तो दिएको छ ।

पाँच वर्षअघि मोदीको शपथग्रहणमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्यहरूलाई निम्त्याइएको थियो । पाकिस्तानसँगको तिक्ततापूर्ण सम्बन्धका कारण मोदीले यसपटक पाकिस्तानी समकक्षी इमरान खानलाई निम्तो नदिएको बताइएको छ ।

मोदीको यो निर्णयलाई सार्कप्रति भारतको बढदो उपेक्षाका रूपमा पनि हेरिएको छ । समारोहमा किर्गिस्तानका राष्ट्रपति र मोरिससका प्रधानमन्त्रीलाई पनि निम्तो दिइएको छ । मोरिससका प्रधानमन्त्री आजै विहान काठमाडौ आइपुगेका छन् ।

पहिलोपटक प्रधानमन्त्री बनेलगत्तै नेपाल भ्रमणमा गएका बेला मोदीले निकै वाहवाही कमाए पनि त्यो लामो समय टिकेन । पहिलो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध निकै उतारचढावपूर्ण रहेको थियो ।  संविधान निर्माणका बेला भारतले खुलेर असन्तुष्टि जनाएपछि नेपालमा मोदीप्रतिको धारणा एकाएक नकारात्मक बन्न पुगेको थियो ।

संविधानको विरोधमा मधेसकेन्द्रित दलले गरेको आन्दोलनमा अघोषित समर्थन जनाउँदै भारतले सीमा अवरोध गरेपछि नेपाल–भारत सम्बन्ध इतिहासकै सबैभन्दा नाजुक अवस्थामा पुगेको थियो । डेढ वर्षयता भएका उच्च राजनीतिक भ्रमण र दुवै देशका उच्च अधिकारीहरूबीचको बाक्लो संवाद र अन्तक्रियाले दुई देशबीच देखिएको अविश्वास घटदै देखिन्छ ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..