» » नरेन्द्र मोदीले यसरी लिँदैछ सपथ

काठमाडौ जेठ१६ गते । नरेन्द्र मोदीले दोश्रो कार्यकालका लागि बिहीबार प्रधानमन्त्री पदको सपथ लिँदैछन् । राष्टपति रामनाथ कोविंदले प्रधानमन्त्री मोदी र केन्द्रीय मन्त्रीहरुलाई बिहान ७ बजे गोपयिताको सपथ खुवाउँदैछन् । सपथ ग्रहण समारोहमा योपटक बिमस्टेक मुलुकका नेता एवम् सरकार र राष्ट प्रमुखहरुको उपस्थिति रहनेछ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारका अनुसार बंगलादेशका राष्टपति अब्दुल हमीद, श्रीलंकाका राष्टपति मैत्रीपाला सिरिसेना, नेपालका प्रधानमन्त्री केपी ओली, म्यानमारका राष्टपति यु विन म्यिंट र भुटानी प्रधानमन्त्री लोते शेरिंग सपथ ग्रहण समारोहमा उपस्थित हुनेछन् । यो पटक भारतले पाकिस्तानलाई निमन्त्रणा दिएको छैन । सपथ समारोहमा करिब ८ हजार पाहुनाको उपस्थिति हुने अनुमान गरिएको छ । जबकि सन् २०१४ मा पहिलोपटक मोदीले प्रधानमन्त्री पदको सपथ लिँदा ४ हजार पाहुना उपस्थित भएका थिए ।
त्यो बेलाको आँकडालाई आधार मान्दा यो पटक दोब्बर पाहुनाको उपस्थिति हुने देखिएको छ । यो पटक भारतले यसअघि सार्क राष्टका सदस्य मुलुकहरुलाई निमन्त्रणा दिने परम्परालाई तोड्दै बिमस्टेक राष्टहरुलाई निमन्त्रणा दिएको छ । सन् २०१४ मा भने पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ समेत सहभागी थिए ।
यो पटक प्रधानमन्त्री मोदीले अर्को रेकर्ड पनि ब्रेक गर्दैछन् । उनले राष्टपति भवनको खुल्ला परिसरमा उभिएर सपथ लिने तयारी गरेका छन् । यद्यपि, राष्टपति भवनको खुल्ला परिसरमा सपथ लिएको यो पहिलोपटक भने होइन । यसअघि सन् १९९० मा तत्कालीन प्रधानमन्त्री चन्द्रशेखर र सन् १९९८ मा अटल विहारी बजापेयीले पनि खुल्ला परिसरमा उभिएर राष्टपतिबाट सपथ लिएका थिए ।
सपथ समारोहमा १४ देशका राष्ट प्रमुख, राजदूत, बुद्धिजीवी राजनीतिक कार्यकर्ता लगायतको उपस्थिति रहनेछ । समरोहमा युपिए गठबन्धनका अध्यक्ष सोनिया गान्धी, काँग्रेस अध्यक्ष राहुल गान्धी पनि उपस्थित हुने भएका छन् ।
कस्तो बन्दैछ मन्त्रिमण्डल ?
प्रधानमन्त्री मोदीले बिहीबार केही मन्त्रीसहित सपथ लिँदैछन् । त्यसमध्ये वित्त, विदेश, रक्षा र गृह मन्त्रालय कसको भागमा पर्छ भनेर सबैमा कौतुहलता जागेको छ । सरकार गठनमा केन्द्रीत रहेर भाजपा अध्यक्ष अमित शाह र प्रधानमन्त्री मोदीले लगातार २ दिनसम्म आन्तारिक छलफल गरेका छन् । यसअघि पहिलोपटक प्रधानमन्त्रीको सपथ लिँदा सन् २०१४ मा मोदीले ४६ जना मन्त्रीहरुसहित सपथ लिएका थिए । योपटक भने कति मन्त्रीहरुले सपथ लिने भन्ने एकिन भैनसकेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।
यसअघिको सरकारमा वित्त मन्त्रीका जिम्मेवारी सम्हालिरहेका अरुण जेटलीले भने स्वास्थ्यको कारण देखाउँदै सरकारमा सामेल नहुने बताएका छन् । उनको स्थानमा पियुष गोयल मन्त्री हुने सम्भावना रहेको छ । यद्यपि, भाजपा अध्यक्ष अमित शाहनै सरकारमा सामेल हुने सम्भावना देखिएको छ ।
यदि उनी सरकारमा सामेल भएमा यो लगायतका मन्त्रालय उनको जिम्मेवारीमा पर्न सक्ने सम्भावना पनि छ । त्यस्तै विदेश मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी शुष्मा स्वराजले यो पटक चुनाव नलडेका कारण यो मन्त्रालयमा पनि हेरफेर हुनसक्ने आँकलन गरिएको छ । यद्यपि, स्वराजनै यो जिम्मेवारीमा रहन सक्ने सम्भावना रहेको पनि जनाइएको छ । गृहमन्त्रालयमा पनि हेरफेर हुने सम्भावना छ । तर यसमा अहिलेका गृहमन्त्री राजनाथसिंहकै सम्भावना पनि उत्तिक्कै रहेको बताइन्छ ।
सरकारमा सहभागी हुने सभावना भएका बरिष्ठ नेता 
बरिष्ठ नेता राजनाथ सिंह, नितिन गडकरी, निर्मला सीतारमण, स्मृति इरानी, रविशंकर प्रसाद, पियुष गोयल, धर्मेन्द्र प्रधान, नरेन्द्रसिंह तोमर र प्रकाश जावडेकर । अमेठीमा  काँग्रेस अध्यक्ष राहुल गान्धीलाई हराउने स्मृति इरानीले निकै महत्वपूर्ण मन्त्रालय पाउने चर्चा समेत चुलिएको छ । त्यस्तै तेलंगना, बंगाल र उडिसाका सांसदहरु पनि सरकारमा सहभागि हुने चर्चा छ । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..