» » नेकपाले यसरी टुग्यांयो जिल्ला कमिटीको एकीकरण

काठमाडौ वैशाख ८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले ७७ जिल्लाको जिल्ला अध्यक्ष एवं सचिवको टुगों लगाएको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आइतबार बिहान नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली, प्रचण्ड, सचिवालय सदस्य माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलको बीचमा भएको गृहकार्यपछि साँझ सचिवालय बैठक बसेर त्यसको टुगों लगाएको छ ।

७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्व एमाले र ३५ मा पूर्व माओवादीले नेतृत्व पाएका छन् । जिल्ला कमिटीको सूची भोली एक कार्यक्रम बीच सार्वजनिक गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । 

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..