» » सप्तरीमा पनि लाग्यो चीन विरोधी नारा




काठमाडौ चैत २६ गते । दुई दिन अगाडि जनकपुरमा लागेको चिनियाँ गो ब्याकको नारा जनकपुरमा सप्तरी पुगेको छ ।

मधेशका प्रत्येक जिल्लामा यस्तो नारा लाग्ने बताइएको छ । चैत २४ गते प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा चिनियाँ गो ब्याकको नारा लागेको थियो भने आज राजविराजमा पनि लागेको छ ।

चीनसँग सम्झौता गरेर प्रदेश २ सरकारले कृषि परियोजना संचालन गर्न लागेको भन्दै राजविराजमा प्रदर्शन भएको हो ।

त्यहाँका स्थानीय युवा, विद्यार्थी , किसान र नागरिक समाजका अगुवाहरुले चिनियाँ परियोजना सञ्चालन नगर्न भन्दै दवाव दिनका लागि प्रदर्शन गरेको युवा नेता किशोर यादवले बताउनुभयो । किसानलाई मार्ने गरि कुनै पनि परियोजना मधेशलाई स्वीकार छैन, चिनियाँ गाई आएपछि यहाँका किसानले पालेको गाईको हालत के हुन्छ, यहाँका सरकारले केही सोचेको छ, भन्दै उहाँले यसको विरोधमा मधेशका किसानहरुले कडा विरोध गर्नेछ ।’

 प्रदर्शनकारीले प्रदेश सरकारले चीनबाट गाई ल्याउन लागेको भन्दै ल्याइए आफूहरु चरणबद्व आन्दोलन गर्ने चेतावनी पनि दिएको थियो ।  

राजबिराजको शिव मन्दिरबाट निकालिएको ¥याली नगरको बिभिन्न भाग परिक्रमा गर्दै नेता चोकमा पुगि कोणसभाको आयोजना गरिएको थियो ।

कोणसभामा बोल्दै स्थानीय किसानका नेता विशेश्वर दास, युवा नेता दिनेश कुमार शर्मा, सोनु दास, विद्यार्थी नेता महेश कुमार यादव, नागरिक समाजका अगुवा इन्द्रदेव यादव, श्रवण कुमार दास, नरेश कुमार यादव लगायतले यो कार्य रोक्न केन्द्रीय र प्रदेश सरकारसँग आग्रह गर्दै नरोकिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका थिए ।

About ESAHARATIMES

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply

प्रकाशकः लाली यादव
सम्पादकः सुनैनाकुमारी यादव
कार्यालयः कोटेश्वर–३२, काठमाडौ
सम्पर्कः ९८४१४५८८०३
इमेलः saharatimes.com.np@gmail.com
प्यान नम्बर ६०९५०२३०५
..